Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चक्कु प्रहार गरी छिमेकीको हत्या

रुपन्देही । तिलोत्तमा नगरपालिका-१० कान्छी बजारस्थित जग्गा प्लटिङ गरेको स्थानमा सोही ठाउँ बस्ने ५५ वर्षीया कमला देवी परियारको चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय बिकाश गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकाशले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी कमलाको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।