Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकआज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने बताइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरु उपस्थित नभएपछि आइतवार बोलाइएको बैठकमा कुनै छलफल हुन सकेन ।
आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् । उनलाई मनाउन देउवा पनि लागि परेका थिए तर उनको प्रयास सफल हुन सकेन । देउवा शनिबार दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए । उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति जुट्न सकेन ।
पौडेलले १४ औ महाधिवेशनको कार्यतालिकालाई बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा दुवै पक्षबीच सहमति भएपनि बैठकको एजेन्डामा १४ औं महाधिवेशनको विषय समावेश नगरेकाले बैठकमा नेता पौडेल सहभागी भएका छैनन् । यसअघि बिहीबारको बैठक पनि पौडेलले बहिष्कार गरेका थिए ।