Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म स्टारडमको पछाडि लाग्दिन

गायक दीपेश श्रेष्ठ (वैध)

सन् २००५ सालमा पहिलो गीत ‘तिमीलाई देखे देखि’ रेकर्ड गराएपछि औपचारिक रूपमा नेपाली सांगीतिक क्षेत्रमा भित्रिएका गायक तथा संगीतकार हुन् दीपेश श्रेष्ठ (वैध) । पप शैलीका गीत गाउन रुचाउने उनले थुप्रै गीतहरू रेडर्क गरेका छन् । गायन तथा संगीतमा समेत सक्रिय रहेका श्रेष्ठका अहिलेसम्म दुई दर्जन भन्दा बढि गीत स्रोतामाझ आइसकेका छन् । काठमाडौंको जोरपाटीमा बसोबास गर्दै आएका श्रेष्ठले नेपालमा चलेका अधिकांश गायक गायिकासंग गायनमा सहकार्य गरेका छन् । बाल्यकाल अवस्थाबाट नै गायनमा लागेका उनी गायनलाई प्यासनका रूपमा लिन्छन् । रकपप शैलीका गीत गाउन रुचिमा उनको बढि लगाव रह्यो । गीतसंगीतमा लागेर उनले बिभिन्न अवार्ड र सम्मान हात पारिसकेका छन् । उनीसँग ताजाखबरको लागि गरेको कुराकानी ः

० के छ हालखबर ? 
– एकदमै ठिक छ । केहि गीतहरू रेडर्कको तयारीमा पनि रहेको छु ।

० गीतसंगीतमा लाग्नुभएको निकै भयो है ? 
– म १४ वर्षको उमेरबाट नै गीत गाउन सुरु गरेको हो । लगभग २० वर्ष हाराहारी भयो क्या रे । सन् २००५ मा मैले गायक रामचन्द्र काफ्लेसंगको सहकार्यमा ‘तिमीलाई देखे देखि’ बोलको गीत रेकर्ड गरेको थिए । त्यो समय देखि अहिलेसम्म पनि निरन्तर गीतसंगीतमा नै लागिरहेको छु ।

० पहिलो गीत रेडर्क गर्दाको अनुभव कस्तो रह्यो ? बताइदिनुनस् न ? 
– स्कुलमा पढ्दाखेरि नै स्कुलमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने गरेको थिए । मलाई पप गीत एकदमै मन पर्ने । गीत गाउँदा गाउँदै रेकर्ड गर्न रहर लाग्यो । त्यसपछि रामचन्द्र काफ्लेसंग गीत गर्ने योजना बनाए । गीत रेकर्डका लागि हामी डिल्लीबजारमा रहेको ओम मेघा स्टुडियो रहेको थियो । त्यहाँ रेकर्ड गरियो । गीत रेडर्क गरेपछि हामीले एफएम रेडियो र टेलिभिजनमा क्यासेट बुझाउन गइयो । त्यो समयमा अहिलेको जस्तो समय पनि थिएन । गीत रेकर्ड गरेपछि रेडियो, टेलिभिजनका स्टुडियोमा नै पुग्नु पर्थो । पहिलो गीत रेकर्ड गराएर टेलिभिजन तथा रेडियोमा बज्जा असाध्धे खुशी लाग्थ्यो । केहि एफएमहरूमा त टप टेनमा नै परेर बज्ने गरेको थियो । मैले तपाईको गीत सुनेनी भन्ने छरछिमेकी, आफ्ना आफन्तहरू निकै हुन्थेँ । तर, अहिले त मान्छेलाई कुन गीत, कसले गाएको हो, कसको टिभीमा बजिरहेको छ भन्ने पनि थाहा छैन । समय यस्तो आइसक्यो ।

० गीत रेडियो टेलिभिजनमा हेरे नि भन्ने साथीभाई छरछिमेकको प्रतिक्रिया सुन्दा कस्तो अनुभुती हुन्थ्यो ? 
– ओहोः म त साँच्चिकै गायक भए कि भन्ने लाग्थ्यो । खुशीले गदगद भइन्थ्यो नि ।

० गीत संगीत के रहेछ ? तपाईको बिचारमा ?
– गीत संगीत मान्छेका लागि रमाइलो गराउने रहेछ भने हाम्रा लागि प्यासन रहेछ । मैले दुई दशकको अन्तरालमा थुप्रै गीतहरू रेकर्ड गरे, गाए भिडियो बनाए, देश विदेश गए तर गीत संगीतबाट अलग हुनै सकिन् । त्यसकारण आफुलाई आत्मसन्तुष्टीका साथै मन भुलाउने प्यासन रहेछ ।

० तपाईले गीत गाउनु भएका अधिकांश हिट रहेकाछन् । गीत हिटभएपछि आफ्नो प्रस्तुती दिनका लागि देश विदेश कता कता पुग्नुभयो ?
– साँच्चै भन्नु पर्दा मैले नेपालका केहि ठाउँ बाहेक कतै गईन । दरबारमार्ग तिर गजलबार तिर गाइयो । तर, गीत गाउन कै लागि विदेश चाही गईन ।

० भनेपछि अन्य कामका लागि भने जानुभयो ? 
– हो । म सन् २००९ पछि चाही म बेलायत गए । त्यहाँ पनि मैले गीत रेकर्ड गर्ने निकै जमर्को गरे तर धेरै महंगो पर्ने देखियो । एउटा गीत एरेन्ज गरेकै एक लाख भन्दा माथी पर्ने भएकोले आँट नै गरिन । बेलायत ६ वर्ष बसेपछि नेपाल फर्किए र चर्चित एरेन्जर महाराज थापासंगको सहकार्यमा एउटा गीत रेकर्ड गरे । नेपालमा वि.सं. २०७२ सालको भुकम्पलाई बिर्षाउने खालको गीत तयार पारेर स्रोतामाझ पस्किए ।

० यतिका वर्षदेखि गीतसंगीतमा लागिरहनुभएको छ, के के परिवर्तन पाउनुभयो ? 
– धेरै परिवर्तन भएका छन् । टेक्नोलोजी देखि म्युजिकमा पनि परिवर्तन भएका छन् । हामी भन्दा अघिल्ला पुस्ताले क्लासिकल र आधुनिक गीतहरूलाई मात्र फोकस् गरेर गीत रेकर्ड गर्थे, बढि जसो माया पिरतीका गीतहरू हुन्थ्यो । केटाहरूले केटिहरूका बारेमा गीत बनाउथे भने केटीहरूले केटाहरूको बारेमा थियो । अहिलेको समयमा चाही कुनै पनि विषयमा गीत बन्न थालेका छन् । यो राम्रो पार्ट पनि हो । अर्को कुरा टेक्निकल्ली हिसावले पनि एलोलक सिस्टममा काम गर्नु पर्थो भने अहिले डिजिटल सिस्टममा काम गर्नुपर्छ । विस्तारै विस्तारै मलाई यस्तो खाल्को गीत चाहियो भनेपछि एआईले मान्छे बिना नै गीत बनाउन थाल्ने भइसकेको छ । समय निकै फरक भइसकेको जस्तो लाग्छ ।

० गीत संगीतमा यतिका धेरै लगाव रहेछ । तपाईका गीतहरू पनि चर्चामा नै रहेछन् ? तर, तपाई किन ओझेल पर्नुभयो ? 
– म चर्चामा नआउनुको कारण केहि होलान् । कसैलाई स्टारडम प्यारो हुन्छ । उनीहरू स्टारडमकैपछि दौडिन्छन् । फेमस हुनका लागि चर्चा बटुल्नका लागि । मलाई चाही त्यस्तो लाग्दैन । आफ्नो काम गर्ने हो । आफुलाई गर्न मन लागेको कुरा गर्ने हो तर स्टारडमको पछाडी नदौडने भएको हुनाले सायद चर्चा नभएको होला । अर्थात ओझेल परेको जस्तो लागेको हुन सक्छ ।

० पछिल्लो समय के गर्दैहुनुहुन्छ ? 
– हालै मैले ‘झम्के बुलाकी’ भन्ने गीत स्रोता तथा दर्शकमाझ लिएर आएको छु । यो सार्वजकि गरेको मैले तीन महिना जतिभयो । यसैको प्रमोशनमा लागिरहेको छ ।