Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूला महाजनका पनि देखियो तुजुक

आफैलाई सक्ने बन्सो घाँससँगवारी र पखेराको गन्धेझार डराए जस्तै अहिले गाउँ घरका भिर पाखातिर वनमारा चर्केपछि बन्सो र गन्धेको हालत बिजोक भएकै छ । राजनीतिक रूपमा काँग्रेस र एमालेका नेता महाजनरूपी चरित्र चिर्न आएको सर्वहारा वर्गको जातिय उत्थानमा लाग्दा बर्गिय चिन्तन त्यागेका नेकपा एमाले र माओवादीले यति खेर राजनीतिका वनमारा रास्वपाको बन्सो रूपी चरित्र मास्नु सट्टा आफै गन्धेझार बनेको छ । त्यो बन्सोलाई हुर्काउने प्रचण्डलाई तह लगाउन र गृहका सूचना आँफै लिने गरी गृहमन्त्री पद दिलाउने कम्युनिष्टका बनमारा केपी ओली नै हुन् । अझै पनि केपी ओलीलाई प्रचण्ड र माधबका गोठाला बोलाएर झापा आन्दोलनका सहयात्री नरेश खरेलहरू पार्टीवाट विराक्तिएकोमा चिन्ता छैन । उनलाई युरोपेली युनियनका दलालहरू भए पुगेको छ । कम्युनिष्ट मास्न कम्युनिष्ट नै काफी छन् भन्ने उदाहरण हो यो । यहाँ रवि लामिछानेजस्ता २ करोड वाला जरुरी छैनन् । लामिछाने गृहमन्त्री भएकै वेला दाजूले सहकारीको धन्दा मिलाउने भन्दै ललितपूर तिर कुँदेकै हुन् । तर पनि उनी शुद्ध देखिए । किनकी डा. ढाकाको सांसद पद खोसेर छाडे ।
२००६ सालमा जन्मेको कम्युनिष्ट पार्टीलाई सघाउने विदेशी शक्ति थिएन । राष्ट्रवादीका नाउँमा ०१७ सालपछि पञ्चले नरम व्यवहार गरे पनि ००६ सालको काँग्रेस जेठो पार्टी बन्यो । किनकी त्यहाँ राणा नेता थिए पूर्वका सामन्त वीपि कोईराला मातृका कोईराला, शुवर्ण शम्सेरहरूको नाम त्रिभूवनसँग जोडिएको थियो । समयले राणा शासनको अन्तका लागि झण्डा उठाएर काँग्रेसले नै देश छोडेका राजालाई गद्धि दिएको थियो । कम्युनिष्टका बनमारा र गन्धे झाररूपी चरित्रहरू मनमोहन, केशरजंग, मोहन विक्रम, पुष्पलाल, मोहन वैद्य, निर्मल लामा आफ्नै भात भान्सामा राजनीति स्वतन्त्रता लागि नेकासँग आन्दोलन गर्नुपर्छ भन्दा पुष्पलाललाई गद्दार यीनैले भने नमिलेका जैशी र कुमाइ यिनै भए । यो पुस्ताका मोहन विक्रम ज्यूँदा छन् सानै होस पार्टी हाँकेका छन् । अरुको मृत्यू भयो । अहिले कम्युनिष्ट सक्न बनमाराले जंगलको बिरुवा मासे जस्तै एमालेको हुकुमी तन्त्रका नायक केपी ओली सकृय छन् । यीनैले बनमारा बन्सो घाँसरूपी रविको घण्टीका अगाडि तनहुँमा सर्वेन्द्र खनाल वारामा पुरुषोत्तम पौडेल चितवनमा रामप्रसाद न्यौपाने खडा गराएका हुन् । उनले चुनाव जितिदैन भनेर नै वारा वाहेकका चुनावी सभामा भाषण गर्न गएनन् ।
चुनाव आउन ५ दिन वाँकी छँदा कसको पक्षमा मतदाता आकर्षित भए त्यसको लेखाजोखा छर्लङ्ग थियो । सरकारले ल्याएको कुनै नीतिले आजको जनतालाई छोएकै छैन । भ्रष्ट चरित्र विचौलियाको प्रभाब माओवादी सुप्रिमोमाथि परेको छ । प्रधानमन्त्रीको सचिवालय निजी होस वा सरकारी त्यहाँ विचौलिया र दलाल कै जगजगी छ । जुन अवस्था हिजो नेकपाका श्री ३ केपी ओली काँग्रेसका जमिन्दार शेरबहादुर देउवा कालमा थियो । आज बालुवाटार र सिंहदरवार त्यस्तै छ । वलिदान निष्ठा र त्यागको जवसम्म मूल्याङकन हुँदैन तवसम्म पार्टीमा बन्सो, बनमारा र गन्धेले ठाँउ पाउछन् मौलाउँछन् । जसको आवस्यकता गाँउका वैद्यले खुट्याउछन् । जनताले त पशुले खाए खान्छ नखाए मलका लागि सोत्तर हुन्छ भनेर त्यस्ता जीवको मूल्याङकन गर्छ । अस्थिरता अहिलेको राजनीतिक धर्म बन्दैछ । जव रविले चुनाव जित्छन त्यसपछि बनमारा रूपी एमालेका डलरकान्तले सर्वोच्च हल्लने गरी पासपोर्ट काण्डलाई चर्काउने सम्भावना पनि छ । डलरले नै शान्ति प्रक्रियाका मुद्धा सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्नुपर्छ भन्दै गर्दा त्यो सर्वोच्चमा दर्ता गराएको छ । केपी ओली चुड्की मार्दै कम्युनिष्ट सक्न लाग्दा टाउकाको मूल्य तोक्ने काँग्रेस र समर्थन गर्ने नेकपा एमालेका नेताको हविगत कति बुझेका छन । मान्छे मारेर १४ वर्ष जेल उनी बसेकै थिए । तर उनको जस्तो तुच्छ गाली माओवादीले ओलीलाई गर्दैनन् । उपचुनावको परिणाम काँग्रेस र एमालेको पक्षमा आउँदैन भन्ने थियो आएन किनकी यीनले जनतालाई ढाँटेर सत्ता चलाए । सरकार बनेको ४ महिना २ दिनसम्म जनताको जीविकाका बारेमा सरकारलाई काम गर्न बाध्य पारेका छैनन् । बरु कसरी हुन्छ सरकारलाई असफल बनाउने काम नेकपा एमालेको ओली ब्राण्डको हुकुमी जवज भित्र परेको छ । त्यहाँ अव रविको गठजोड मिल्छ । गएको वर्ष ओलीको निर्देशनमा राष्ट्रपति चलिन । अहिले भारतको निर्देशनमा राष्ट्रपति चल्दैछन् । राष्ट्रपति भएपछि रामचन्द्र निरन्तर विरामी भएका छन् । रूप फरक हो । एमाले र काँग्रेस एउटै हुन । हामी छुट्टै धातुका औजार भन्ने डा. बाबुराम भट्टराईको हालत देशको दलगत स्वार्थले नाजूक बनाएको छ । उनलाई पनि त्यही बनमाराले सताएर कम्युनिष्टको ठाउँमा समाजवाद भन्दैछन् ।


सम्बन्धित समाचार