Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पाइपलाइन विस्तार र मर्मत सिआईपी प्रोग्रामको बजेट लुट्न पल्केका काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाभित्र यतिखेर भ्रष्टहरूको राइदाई चलेको छ । त्यहाँ नभएको काम देखाएर पैसा खानेहरू कार्यालय प्रमुख रमेश केसीका हुक्केहरू धेरै छन् । दश वटा चुहावटलाई २० वटा देखाएर पैसा खाने र एउटै कार्यक्रममा उपभोक्ता र केयुकेएलको पैसा खर्च गर्ने भ्रष्टहरूको दैनिकी चम्किइरहेको छ । नक्कली काममा साथ नदिने इञ्जिनियरहरूलाई खेदेर आफ्नो स्वार्थका योजनाहरू सफल बनाउनेतर्फ कार्यालयप्रमुख केसीको टिम लागिरहेको छ । यही टिमले हो कलंकी, चक्रपथ सडक सुधार आयोजनाले दिएको पैसामा ब्रम्हलुट मच्चाएको पनि । खानेपानी मन्त्री बिना मगर, सचिव माधव बेलवासे जस्तालाई यी लुटाहाहरूले कति पैसा बुझाए होलान् ? त्यो पनि प्रतिक्षाको विषय बन्दैछ । यो टोलीले मन्त्री बीना मगरको नाम निकै भजाउन थालेको छ । ठेकेदारहरू पनि मन्त्रीको नाम जोडिएपछि पैसा सुम्पन बाध्य हुने गरेका छन् । मेलम्चीकै नाममा पीअाइडीमा बसेर ब्रम्हलुट मच्चाएका तिरेश खत्री मन्त्री बीनाका अाम्दानीका स्राेत त्यसै बनेका हाेइनन् । रमेश केसी जस्ता शाखा प्रमुखले ठेक्कामा गरेकाे मनपरीकाे छानविन गर्न अख्तीयारलाइ पनि कुरी कुरी लाग्याे भने अनाैठाे हुने छैन ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल