Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सोलु सल्यान नेटाका लालबहादुर खत्रीका छोरा बलबहादुर खत्री (केसी) को क्याम्पस जीवन नक्साल निवासी शारदा केसीको आश्रममा बित्यो । विद्यार्थी आन्दोलनमा ठेला गाडामा पनि उनी चढे । आम विद्यार्थीको माग विपरित पञ्चायतसँग गरेको सम्झौताले केसी र शरणविक्रम मल्ललाई विवाद ल्यायो । अहिले मल्ल कलेज र स्कुल मात्र होइन रेडियो र सहकारी संस्थाका मालिक छन् । काँग्रेस राजनीतिमा लगेका बलबहादुर केसी जिल्लामा जनसेवी बन्नु पर्नेमा राज्यको सम्पत्ति दोहन गरेर अरवौंपति बनेर आफ्ना पार्टीका आफ्नै कार्यकर्तामाथि दमन गर्ने विपक्षीको हत्या गर्नेसम्मका क्रूर र जघन्य अपराधमा सहभागी हुँदा निर्धाे राज्यले टुलुटुलु हेरेर बितायो । १२ वर्ष अगाडिको अपराधले त्यही काँग्रेसका मोहमद अफताव आलम जेल परेका छन् । तर त्यही ०६४ सालको संविधानसभा निर्वाचनमा मान्छे मार्दा बल बलबहादुर उम्किए । तर चुनाव त्यो बेला माओवादीले जित्यो । नामै बलबहादुर त्यो पनि काँग्रेस । बहुदल आएपछि २०४८ सालबाट सांसद भएका केसी ०५१ र ५४ मा पनि सांसद भए ।
०५१ पछिको हङ पार्लियामेन्टमा काँग्रेसले सांसदलाई खसीबोका बनायो राष्ट्रको दोहन ग¥यो । बलबहादुर तिनै सांसदको रेखदेख गर्ने गोठालो थिए । उनले राज्यकोषको दोहन त्यही बेलाबाट गरेका हुन् । राज्य लुट्ने र व्यक्तिगत सम्पत्ति आर्जनको लहर धेरै नेताले चलाए । खेलकुदमन्त्री, पर्यटनमन्त्री, भौतिक पूर्वाधारमन्त्री पनि उनी भए । पासाङ ल्हामुलाई राष्ट्रिय विभूतिको घोषणाको सिफारिश गर्दा पनि यिनले ठूलो रकम कुम्ल्याए । स्कुल पढेर काठमाडौं छिर्दाको गरिब परिवारका बलबहादुर अहिले अरवौंपति भएका छन् । आफन्तजन त उनको कमाईले खुशी नै होलान् तर उनद्वारा भिक्टीम भएका सोलुका दिनेश कार्कीले केसीको सम्पत्ति छानविन गर्नु पर्ने माग गर्दै अख्तियारमा उजुरी दिएका छन् । चुनावै नहुँदाको १६ वर्षसम्म उनले सरकारी विकासे बजेट जिविसबाट भाग लगाएर कुम्ल्याउन छाडेनन् । एकै वर्षमा चार जना स्थानीय विकास अधिकारी फेरिन्थे त्यो सोलुमा । दमन कति कति थियो । २०७० सालमा स्व. राजकाजी भण्डारी र नारायण निरौलाले पनि अख्तियारमा उजुरी दिएका थिए । अख्तियारलाई समेत पार्टीको दबाव दिएर बचेका केसीले सहिदको नाममा टिम्बुर बोटमा पार्क बनाउन लगेको बजेट समेत झ्वाम पारेकै हुन् । नेपाली काँग्रेस सत्तासीन भएकोले उनीमाथि कसैले औंला पनि उठाएन । सोलुमा अझै पनि उनको राजनीतिमा काँग्रेसी जगजगी छ । दूधकुण्ड नगरपालिकामा तत्कालिन सल्लेरी गाविस फरक फरक क्षेत्रफलका २२ कित्ता जमिन जोडेपछि त्यो पैसा भ्रष्टाचार नगरी कसरी जुट्यो ? भन्ने प्रश्न जनताबाट उठेको हो ।
केसीले काठमाडौंको साविक विष्णु गाविस वडा नं. ४ मा कलाकार हरिवंश आचार्यको घरसँगै सात रोपनी जमिन कसरी जोडे ? सुनसरी जिल्ला साविक चिमडी गाविसमा उनलाई आश्रम दिएकी शारदा केसीको नाउको ४ बिघा खेत पनि उनले लट पल्टाएका हुन् । देश खोक्रो हुनुको कारण केसी जस्ता नेता हुनु हो । केसी विरुद्ध अख्तियारमा परेको उजुरीमा काठमाडौं महानगरपालिका ४ मा १५ आना २ पैसामा सटरसहितको ४ तले घर, जुनघर गुणराज पाठक नर्सिङ कलेजले भाडामा लिएको छ । २०५७ मा बहिनी लक्ष्मी कार्कीलाई विष्णु गाविसमा २ रोपनी जमिन किनिदिएका केसीले भाई बहिनीको हेरचाह गरेको देखिन्छ ।
जग्गा जसको नाममा भए पनि उनकै पौरख भएको बताइन्छ । कामनपा वडा नं. १ मा ३ पैसा ३ दाम र कित्ता नं. ४०१६ मा ३ आना १ पैसा २ दाम कि.नं. १०७० को १ आना २ पैसा १ दामभित्र बनेको ६ तले घर, कामपना वडा नं. २ मा कि.नं. १७७ को २२९–९३ वर्ग मिटरको जग्गा र त्यसमा बनेको घर, काठमाडौं खड्ग भद्रकाली वडा नं. ६ मा कि.नं. ४१ क्षेत्रफल ३५६ वर्गमिटरमा बनेको घरमा बलबहादुरले भाई बालकुमार केसीलाई राखेका छन् । साहिली बहिनी सरस्वती केसीको नाममा नेटा बजारमा कि.नं. ६०३ को ५०५ वर्ग मिटरको घडेरी किनिदिएका केसीले भान्जा नता पर्ने प्रकाश बस्नेतको नाममा साविक सल्लेरी गाविस ५ मा ९५२.५० वर्गमिटर क्षेत्रफलको जग्गामा २ वटा घर रहेका छन् । त्यो सम्पत्ति पनि उनकै भएको अख्तियारमा उजुरी दिने दिनेश कार्की बताउँछन् ।
कार्कीकाअनुसार, तीमध्ये एक घरमा केसी पत्नी रीना उप्रेतीको सगरमाथा एकीकृत विकास केन्द्र र सेन्चुरी बैंक रहेका छन् । रिनाकै नाममा सल्लेरी ५ कि.नं. २८४९ क्षेत्रफल ७३ वर्गमिटर र कि.नं. २८५२ क्षेत्रफल १४.२५ वर्गमिटरका घडेरी रहेका छन् । केसीले चुनाव लड्दा गरेको खर्च विरोधीमाथि गरेको दमनले काँग्रेसभित्र बेलाबखत रडाको मच्चिन्छ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताले देश डुबाउन आफ्नै पार्टीका लुटाहा लाग्लान् भन्ने सोचेनन् । तर केसीले स्व. नेता भट्टराईको सरकारमा रहँदा जस्तो लुट अरु नेताले गरेनन् । उनी श्रम, खेलकुद, पर्यटन, भौतिक योजनामन्त्री भएका थिए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल