Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नवीनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न कुमारी बैङ्कले आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न योजनाहरू ल्याएको छ । यस योजनाअन्तर्गत कुमारी बैङ्कका मोबाइल बैङ्किङ ग्राहकहरूले (Kumari Smart Mobile Banking Application) प्रयोग गरी विभिन्न योजनाहरूमा सहभागी भई यस अवसरको फाइदा लिन सक्ने छन् । १०० मा १००– यस योजनाअन्तर्गत कुमारी बैङ्कका ग्राहकले कुमारी मोबाइल बैङ्किङबाट पहिलो रू १०० को टपअप गर्दा रू १०० क्यासव्याक प्राप्त गर्न सक्ने छन् । यो योजना नयाँ तथा पुराना दुवैखालका ग्राहकलाई लागू हुनेछ ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलोचोटि कुमारी मोबाइल बैङ्किङको प्रयोग गरेको हुनुपर्ने छ । स्क्यान एन्ड पे– यस योजनाअन्तर्गत कुमारी बैङ्कका ग्राहकले कुमारी मोबाइल बैङ्किङ प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरूमा क्यु.आर. कोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम रू. १०० सम्म क्यासव्याक प्राप्त गर्न सक्ने छन् । यो योजना फागुन १७ गतेसम्मका लागि लागू हुनेछ । कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै– पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ । आफूलाई समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैङ्कको रूपमा दर्शाउन सफल कुमारी बैङ्कले आफ्ना देशभर रहेका ११६ शाखा सञ्जाल, १११ एटीएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैङ्किङ इकाइहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरू दिँदै आएको बैङ्कले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल