Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । लहरो तान्दा पहरो थर्किदैछ । एकपछि अर्का भीआईपी यो काण्डमा मुछिएका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोहले नेपाली नागरिकमाथि ठगीधन्दा चलाएको विषयमा संघीय संसद्का दुवै सदनमा आइतबार चर्को बहस भएको छ । बजेट अधिवेशनको पहिलो बैठकमै सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र सांसदले करोडौं ठगी गर्ने गिरोह, सरकारले गरिरहेको अनुसन्धान र राजनीतिक दाउपेचका विषयमा आवाज उठाएका हुन् । प्रतिनिधिसभाको पहिलो बैठक आइतबार ४ बजे सुरु भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुख देवराज घिमिरेले वाचन गर्न नपाउँदै सांसदहरूले शरणार्थी प्रकरणका विषयमा बोल्न ‘आकस्मिक समय’ माग गरेका थिए । सभामुख घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले शरणार्थी प्रकरण नौलो नभएको बताए । उनले गत वर्ष भदौ २१ मा राष्ट्रिय सभामा एमाले सांसद पार्वती रावलले यो विषय उठाउँदा सरकारले ध्यान नदिएको उल्लेख गरे । प्रमुख सचेतक गिरीले सबै घोटालामा एक–एक गरेर कारबाही गर्ने हिम्मत सरकारले जुटाउनुपर्ने र त्यसमा एमालेको साथ र सहयोग रहने बताए ।
एमालेकै सचेतक महेश बर्तौलाले नक्कली शरणार्थी प्रकरणले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धमिलिएको बताए । उनले उक्त प्रकरणमा जोडिएकाहरूलाई सत्तापक्षको आडमा उन्मुक्ति दिन खोजेको आरोप लगाए । प्रधानमन्त्रीले नै पूर्वाग्रह राखेर सत्ता पक्षकालाई उन्मुक्ति दिने र कसैसँग पूर्वाग्रह साध्ने मनसाय प्रकट भएको उनको दाबी थियो । एमाले सांसद सूर्य थापाले भने नक्कली शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूमाथि पनि छानबिन गर्नॅपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको माओवादीका सांसद माधव सापकोटाले भने एमालेले अभियुक्त जोगाउन विषयान्तर गरिरहेको आरोप लगाए । ‘प्रमुख प्रतिपक्षका साथीहरूले छापामार शैलीमा केही कुरा राख्नुभयो । भ्रष्टाचारीलाई कारबाही गर्नका लागि साँच्चै इमानदार हो भने तपाईंहरू विषयान्तर नगर्नॅस् । सांसदले नक्कली शरणार्थी प्रकरणका सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाको नाम पनि जोडेका थिए । त्यसलाई लिएर राणाले आपत्ति जनाएकी थिइन् । ‘म नभएको दिनमा मेरो नाम इंगित गरेर अनेक थरी प्रश्न उठेको छ र आज पनि प्रश्न उठेको पाएको छु । कांग्रेसकै सांसद रामहरी खतिवडाले आफूलाई पनि नक्कली शरणार्थी प्रकरणमा जोडेर समाचार आएको उल्लेख गर्दै पुष्टि गर्न चुनौती दिए । उनले आफू संलग्न रहेको पुष्टि भए राजनीतिक जीवन त्याग्न र कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताए । कांग्रेसका सांसद सुनील शर्माले पक्राउ परेकाहरूलाई सरकारी वकिलका अगाडि बयान फेर्न दबाब दिइएको बताए । कांग्रेसकी सरिता प्रसाईं र जसपाकी रन्जुकुमारी झाले भ्रष्टाचारका विषयमा पक्ष र विपक्षमा बोल्न नहुने बताए । ‘हाम्रै बीचका मानिसहरू मानव तस्करमा लागिसके । एकीकृत समाजवादीका मेटमणि चौधरीले तत्कालीन प्रधानमन्त्रीलाई नै छानबिनको दायरामा ल्याउनुपर्ने माग गरे । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पछिल्लो समय मुलुक ‘सर्वदलीय भ्रष्टाचारको नमुना’ बनेको बताए । प्रतिनिधिसभा बैठकमा अन्य सांसदले पनि नक्कली शरणार्थीका विषयमा आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखसँग समय मागेका थिए । राष्ट्रिय सभा बैठकमा एमालेका देवेन्द्र दाहालले एमाले नेताहरूका विषयमा पक्राउ पुर्जी जारी भएको हल्ला चलाइएको तर कांग्रेसका नेताहरूबारे केही उल्लेख नभएको भन्दै आपत्ति जनाए । कांग्रेस सांसद रमेशजंग रायमाझीले पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई भन्दा पनि तत्कालीन सचिवलाई जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेको बताए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी धन्दाको अनुसन्धानमा तानिएका सांसद टोपबहादुर रायमाझी गत बुधबारबाट फरार छन् । पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझी अदालतले पक्राउ पुर्जी जारी गरेपछि बिहीबारबाट सम्पर्कविहीन भएका हुन् । यही प्रकरणमा उनका छोरा सन्दीप, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका गिरोह सदस्य केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईको बयान, पीडितको उजुरीका आधारमा उनीहरू समातिएका हुन् । यो प्रकरणमा उच्च तहका कर्मचारी र राजनीतिक नेतृत्व पनि मुछिएकाले संसद्मा समेत बहस भएको हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल