Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज पनि झिनो अंकले ओरालो झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.३४ अंकले तल झरेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८१८.३१ अंकमा ओर्लिएको छ ।
आज २६६ कम्पनीका २२ लाख ५९ हजार २ सय ८४ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७८ लाख २ हजार २ सय ५२.१८ रुपियाँ बराबरको कारोबार भएको हो । हिजो भन्दा आज कारोबार रकम ह्वात्तै घटेको हो ।
समग्रमा बजार घटे पनि आज एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८८ प्रतिशतले नाफा गरेका छन् भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४५ प्रतिशतले घाटा व्यहोरे ।
नेप्सेका अनुसार आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३ करोड ४ लाख ६७ हजार ४ सय ६९.३० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन हिजो १६.९६ अंकले बजार घट्दा ९० करोड ५ लाख ६३ हजार ८ सय ५६.२५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल