Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सन्चो छैन भनेपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान रोकिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका उनलाई सोमबार बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो।
खाणले बिहानै परिसरका प्रहरीलाई पेट दुखिरहेको, गडबडी भएको जानकारी दिएका थिए।
यसअघि नै चार दिन म्याद थप गरिएका उनको नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि बयान थालिएको थियो। तर उनले सन्चो नभएको जानकारी दिएपछि सरकारी वकिलको कार्यालयबाट परिसरमै लगिएको छ।
यसअघि प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र बालकृष्ण गृहमन्त्री हुँदाकै गृहसचिव टेकनारायण पाण्डेको पनि बयान आइतबार सकिएको थियो।
यसअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ। अब बालकृष्ण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान हुनेछ।
यही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन्। यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ।
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल