Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने गाडी भाडा घटाएर नयाँ सूची सार्वजनिक गरेको हो ।
नेपाल आयल निगमले डिजलको भाउ लिटरमा १० रुपैयाँ घटाएपछि यातायात व्यवस्था विभागले भाडा घटाएको हो। पेट्रोलियम पदार्थको मूल्य घटेसंगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा सार्वजनिक यातायातको भाडा समायोजन हुँदै आएको छ ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले घटेको छ । यसका साथै पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
अन्तर प्रदेशको भाडा विभागले घटएपनि छोटो दुरी अर्थात् अन्तर पालिकास्तरको गाडी भाडा भने प्रदेश सरकारले घटाउनुपर्छ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल