Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पार्टी कस्तो बनाउने भन्ने कुरा नेतृत्व कब्जाको समयमा जे जसरी नेता प्रफुल्ल थिए । आज त्यो अवस्था काँग्रेस भित्र चर्को छ । युवा नेताहरू अधिकार विहिन छन् । सभापति केन्द्रीत संगठनमा उसको चित्त बुझेन भने समयले भ्याएन भने १७ महिनासम्म पूर्ण केन्द्रीय समितिका सदस्य नै बिर्सने सक्ने अवस्था आउँछ । काँग्रेस कहाँ छ कार्यकर्ताले उप चुनावका बेला चितवन र तनहुँमा देखे । मधेसलाई पार्टीको आधार क्षेत्र भने पनि जनताले काँग्रेस दखेनन् । नेपाली काँग्रेसमा उहिल्यैको केन्द्रीय समिति भन्दा अहिलेका पदाधिकारी धेरै हुन्छन् । सबै पार्टीको नेतृत्वको पारा र चलन त्यस्तै छ । सरकार गठन दलीय भागवण्डा गर्दाका बेला पदाधिकारी बसेर काम फत्ते गर्ने चलन सबैमा छ । अझ नेकपा एमालेमा त केपी ओली पस्ताव गर्ने अरुले ताली लगाउने चलन छ ।
काँग्रेसमा पहिले देखिको दुई धार छन् । कृष्ण प्रसाद भट्टराई र गिरिजा कोईरालाबीचको द्वन्द्व प्रजातन्त्र प्राप्तिपछि छताछुल्ल भयो । कोईरालाले भट्टराईलाई देखाएर ०५६ सालमा वहुमत प्राप्त काँग्रेसको भट्टराई सरकारलाई दश महिना टिक्न दिएनन् । भट्टराई गुटका चिरन्जिवी वाग्ले र काँग्रेसमा आफ्नै अस्तित्व देखाउन थालेका छन् । स्व. खुमबहादुर खड्का र गोविन्दराज जोशीलाई मात्र होईन आफ्नै सहयोगी जयप्रकाश गुप्तासम्मलाई भ्रष्टाचारीमा करार गराए । उनीहरू भन्दा बढी भ्रष्टाचारी छोरी सुजाता जोष्टलाई जोगाएकै थिए । अहिले सभापति शेरबहादुर देउवा डा. आरजु राणाको निगाहमा चल्नु परेको छ । डा. आरजुले आफ्नो खाईखेली धन्दा दायाँ वायाँ नगरी राजनीतिको ठेक्का पट्टा गर्न लागेकी छन् । त्यस्तो काँग्रेसमा सरकारमा जान भागवण्डा, राजनीतिक नियुक्तिमा भागवण्डा, पार्टीका भगिनी संगठनमा भागवण्डा लगाएर पैसामा पद वेच्ने अग्रगामी छलाङ छ । महामन्त्री द्वयको कुरा सभापतिले सुन्छन् । पार्टीका विपक्षी नेताले सुन्छन । तर धन्दा तीनको आफ्नै छन । सरकारमा सभापति पक्षका ६ जना डा. शेखरका ३ जनाले मन्त्री पाउँदा महामन्त्री द्वयको एकल सिफारिस बिकेन । उनीहरूले प्रदिप पौडेललाई मन्त्री बनाउनु पर्छ भने सभापति पर्छ भन्दै भोलि पनि जान पाइन्छ । आजको गठवन्धनमा दलहरूलाई मिलाउनै कठिन छ भन्नै प¥यो । यर्थाथ त्यो पनि छ । जनमतले छाडेको खानेपानी मन्त्रालय तिर काँग्रेसको नजर थियो । तर त्यहाँ महेन्द्र रायलाई ल्याइयो काँग्रेसले समाज कल्याण मन्त्रालय लियो । खानेपानी जस्तो महत्वपूर्ण मन्त्रालयको भेउ जनमत पार्टीले पाएन । जनमतलाई रिझाउने अवस्था अब छैन । किनकी अमेरिकी शासक बर्गका कठपुतलीका रुपमा रवि र स्वर्णिम आएका छन् ।
काँग्रेसका नेताहरू सरकारको बचाउ गर्दैछन् । त्यहाँ वर्गिय संगठनको नेतृत्व अधकल्चो छ । तरुणदल र नेविसंघको संगठनले पूर्णता पाएको छैन । सभापति देउवालाई सवै अपजस थोपरेर उम्कने ठाउमा डा. शेखर समूह पनि छैन । किनकी मन्त्रीका लागि नाउ माग्दा २÷३ महिना भुलाउने डा. शेखर भित्र पनि लोभीपापी छन् । भ्रष्ट छन तस्करसँग मिलेका पनि छन् । देउवा सिल्भर डा. शेखर तामा होइनन् । प्रमुख कुरा वर्गिय चरित्र हो । काँग्रेस भनेका एकै हुने शेखरले सत्ता नाएनन् र चोखा देखिए । देउवा पाँच पटक प्रम भए सभापति २ पटक भए बिटुलिए । सिद्धान्त र विचार त काँग्रेसको पनि कमजोर होइन् । त्यो पार्टी दरवार र भारतको सेवक हो । राप्रपासँग त्यसको वर्गिय रुप मिल्छ । तर गणतन्त्रमा राजालाई ठाँउ खोजेको राप्रपासँग अहिले एमालेको केपी मण्डली नै नजिक छ । गुट उपगुट काँग्रेसमा धेरै छन् । संगठन भन्दा स्वार्थ प्यारो वनाएका विमलेन्द्र मधेसमा प्रकाशमान काठमाण्डौ नेता भए तर काँग्रेसको भएनन् । देशले खोजेको सामाजिक न्याय र शोषक वर्गको अन्त गर्न काँग्रेसले सक्दैन ।
काँग्रेस पुँजीपति वर्गको सेवक थियो । त्यो पार्टीको वजेट तीनै वर्गको हितमा हुन्छ । गगन र विश्वको क्रान्तीकारीताले त्यो देख्दैन । स्वास्थ्य शिक्षा रोजगार साझा एजेण्डा भएर पनि सर्व स्वीकार्य रुपमा चलायमान बनाईएकै छैन । राजस्व छल्ने ठग्ने ठग काँग्रेस एमालेमै धेरै छन् । तीनले माओवादीलाई पनि ध्वस्त बनाए । मधेस अर्को संसार छ जहाँ घर भित्रै अपराध हुन्छ । कुनै दलले दाइजोको निहुमा छोरी–बुहारी मार्न हुन्न भनेर जनचेतना फैलाएको सुन्न पाइँदैन । जातीय उत्पिडन त्यहाँ धेरै छ । मिटर व्याज, उखु किसानको पिडा, साहुकरको शोषण त्यहाँ धेरै छन् । तर काँग्रेस बोल्दैन चासो पनि लिँदैन । नेता भने चर्का गफ गर्छन् त्यहाँ गगन–विश्व र डा. शेखर परिवर्तनको बाहक ठान्छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल