Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो कामबाट सन्तुष्ट हुनु नै जिवन सार्थक बन्नु हो : देवि

कुनै पनि क्षेत्रमा सफलता पाउन काम प्रति उसको मिहेनत, इमान्दारिता र धैर्यताको आवश्यकता जरुरी हुन्छ । यही कुरालाई आत्मसात गरि हिक्मतका साथ अघि बढिरहेकी एउटा नाम होः देवि कुमारी भण्डारी । बुबा चन्द्र बहादुर भण्डारी र आमा हितमाया भण्डारीको कोखबाट २०३८ साल मंसिर २२ गते जन्मेकी देवि कुमारी भण्डारीले माध्यमिक स्तरको शिक्षा पर्वतको जनज्योति माविबाट उत्र्तिण गरिन भने पर्वतकै आदर्श बहुमुखि क्याम्पसबाट प्लस टु गरेकी छन् । २०६२ सालमा नवलपरासी जिल्लाको दुम्किवास गाविस ‘हाल विनयी त्रिवेणी गाउँ पालिका वडा नं. १’ मा वसाईसरी स्थानीय श्री शान्तिदिप इंलिस बोर्डिङ स्कूलमा १० वर्ष शिक्षिकाको रूपमा काम गरेकी देवी समाज सेवामा पनि त्यतिकै सक्रिय रूपले लाग्दै आइरहेकी छन् । २०७५ देखि नेपाल रेडक्रस सोसाइटी दाउन्ने उपशाखामा संलग्न रही समाजमा आईपर्ने बिभिन्न समस्याहरूमा आफ्नो तर्फबाट सकेको सहयोग पुराउँदै आइरहेकी छन् । पछिल्लो समय जसुदा जनरल स्टोरमा रहेर काम गर्ने सिलसिलामा उनको काम प्रतिको इमान्दारिता र अनुशासनले गर्दा जनरल स्टोरको ब्यपार, ब्यवसायमा ८० प्रतिशतले बजार बढोत्तरी भएको थियो भने सागर फिड्स एण्ड पोल्ट्री सप्लार्यसमा रहेर लेखापालदेखि बिक्री बितरणसम्मको अनुभव संगालेकी देविलाई यतिबेला सबैतिरबाट कामको अफर आउने गरेको छ । २०७९ देखि स्टार होटल लज एण्ड रेष्टुरेण्ट बारको म्यानेजर जस्तो पदको जिम्मेवारी सम्हालेर कुशलता पूर्व आफ्नो जिम्मेवारी बहन गर्दै आइरहेकी छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी बुटवल हाइवे दुम्किवासमा स्टार होटेल लज रेष्टुरेण्ट एण्ड बार सञ्चालमा रहेको छ । उक्त रोड भएर पूर्वपश्चिम गर्ने यात्रुहरूको आकर्षणको गन्तब्य बनेको छ यति बेला स्टार होटेल । स्वस्थकर हाइजेनिक बिभिन्न परिकारका स्वादिष्ठ खाना, वस्नको लागि सुविधा सम्पन्न ब्यवस्था भएकोले होटेलमा दैनिक हजारौ ग्राहक आउने जाने गरेको होटेलकी म्यानेजर देवि कुमारी भण्डारी बताउछिन् । होटल सञ्चालनमा आएसंगै म्यानेजरको रूपमा आफ्नो संलग्नताले स्टार होटेलको ब्यवसाय अझ फष्टाएको उनि बताउछिन् । उनि भन्छिन्, काम सानो ठूलो नहुने र जुन काम गरेपनि त्यसबाट सन्तुष्ट हुनु नै जिवन सार्थक बन्नु हो ।