Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपियाँ बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि बिक्री गर्न लागिको हो ।
उक्त आईपीओमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, १२ लाख १८ हजार ६ सय रुपियाँ बराबरको १२ हजार १ सय ८६ कित्ता आईपीओका लागि श्रमिकहरुले आवेदन दिन सक्ने छन् ।
आईपीओका लागि स्थानीय बासिन्दाहरुले चाँडोमा असार १ गते र ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सक्ने छन् भने श्रमिकहरुले असार १ गतेभित्र आवेदन दिनु पर्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
कम्पनीको जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपियाँ छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल