Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महालक्ष्मी विकास बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको २ लाख ४० हजार ६६५ कित्ता संस्थापक सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंकले संस्थाको नाममा रहेपक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
आम सर्वसाधरणले भने यस पटकको लिलामीमा सेयर खरिद गर्न पाउनेछैनन् । संस्थापक सेयरधनीबाट उक्त सेयर बिक्री नभएको खण्डमा सर्वसाधाणको लागि खुला गरिने छ ।
सेयर खरिद चाहनेले आज (जेठ ९ गते) देखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।