Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नागढुंगा,नौबिसेमा मुख्य सुरुङ खन्न अब ९७९ मिटर मात्र बाँकी, बलम्बु फ्लाइओभरको काम पनि धमाधम
काठमाडौं। नागढुंगा,नौबिसे सुरुमार्गको मुख्य सुरुङ खन्ने कामको प्रगति ८२।२० प्रतिशत पुगेको छ। ५ हजार ४ सय ९९ मिटरमध्ये अब ९ सय ७९ मिटर मात्रै खन्न बाँकी छ।
‘मुख्य सुरुङ खन्ने काम अब धेरै बाँकी छैन, नागढुंगा,नौबिसे सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर कल्याण खड्काले भने, मुख्य सुरुङ र इभ्याकुएसन गरी ४ हजार ५ सय २० मिटर खनिसकियो।
काठमाडौंतर्फ मुख्य सुरुङ ९ सय २५।८० मिटर र इभ्याकुएसन १ हजार २ सय २१।७० मिटर पुरा भएको जानकारी उनले दिए। धादिङतर्फ १०७६।८० मिटर मुख्य र १०८४।१० मिटर इभ्याकुएसन टनेल खन्ने काम पुरा भएको छ।
धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ८६।२५ मिटर क्रस प्यासेज निर्माण भएको छ।
इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो क्रस प्यासेजले मुख्य सुरुङसँग जोड्छ।
सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको खड्काले जनाएको छ। खड्काका अनुसार फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम ३५।९० प्रतिशत अर्थात ९६५।७० मिटर सकिएको छ।
आयोजनाले हरेक महिना यसको काम १ सय मिटर पुरा गर्ने गरेको खड्का बताउँछन्। यो फिनिसिङ लाइनिङको काम पुरा भएको स्थानमा गाडी संचालन गर्ने सकिने अवस्थामा तयार पारिएको छ।
हालसम्म भौतिक रुपमा लगभग ५३।४२ प्रतिशत काम सम्पन्न भएको छ। जसमा आर्थिक रुपमा ५८।३२ प्रतिशत खर्च भइसकेको खड्काले बताए।
अहिले आयोजनाले निर्माण व्यवसायीलाई मासिक ५ करोडदेखि ६ करोडसम्म भुक्तानी गर्ने गरिएको छ। यसरी हालसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।
यसैगरी आयोजनाको म्याद एक वर्षको लागि थप भएर आएको खड्का बताउँछन्। सन् २०२४ अप्रिल २५ सम्म म्याद थपिएको हो।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल