Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अन्ततः पुशपतिमा खाइएको ११ किलो सुन सत्तापक्ष र प्रतिपक्षको मिलेमतोमा सामसुम पारिएको छ । संसदका उठेको सवाललाई रेकर्डबाट हटाएर जनतामा अर्काे आशंका राजनीतिक दलहरुले थपेका छन् । सत्तारुढ दल नेकपा माओवादीका एकजना सांसद लेखनाथ दाहालले बुधबारको संसद बैठकमा पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि एउटा गम्भिर आरोप लगाए ‘पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लाइदिएर गरेका जस्ता सयौं, हजारौं भ्रष्टाचार काण्डहरू छन्‘।’ उनले त्यो वाक्यमा अरू पनि काण्डहरू जोडे जो केपी ओलीका पालामा भएका थिए। जस्तो कोरोना महामारीका बेलामा सतहमा आएको ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिदमा भएका भ्रष्टाचार आदि। र, यही बहानामा नेकपा एमालेका सांसदहरूले शुक्रबार संसदको बैठक चल्नै दिएनन्। बैठकको सुरुवातमै नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्ना नेताको टाउकामाथि ‘गम्भिर’ आरोप लागेको भन्दै संसदको बैठक चल्न नदिने घोषणा गरे। ‘हाम्रो पार्टीका नेतामाथि यति गम्भिर आरोप लागेको छ। सुनको जलहरीको नाममा पशुपतिनाथमा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको भन्ने यति गम्भिर आरोप टाउकोमा बोकेर हामीले प्रक्रियामा भाग लिन सक्दैनौं‘’ उनले यति भनेपछि एमालेका सांसदहरूले नाराबाजी गर्न थाले र सभामुखले बैठक स्थगित गरे।
सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमहरूमाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूबारे आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा जवाफ दिने कार्यसूची तय भएको थियो। नक्कली भुटानी शरणार्थी बनाएर सयौं नेपालीबाट करोडौं रकम उठाएको आरोपमा बिचौलियादेखि सांसद र पूर्व गृहमन्त्रीसम्मका व्यक्तिहरू तानिएपछि अहिले राजनीतिक वृत्तमा ‘भ्रष्टाचार काण्ड’का बारेमा एकअर्कालाई पोलापोल हुन थालेको छ। प्रहरी हिरासतमा रहेका अभियुक्तहरूले नाम मुछेपछि अहिले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीसमेत छटपटीमा छन्। उनका तत्कालीन निजी सहयोगीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसा लिएको भन्ने बयान अभियुक्तहरूले दिएका छन्। भ्रष्टाचारका बारेमा बोल्ने क्रममा माओवादीका सांसदले पनि ओलीलाई जोडेर पशुपतिमा जलाहरीको बारेमा कुरा उठाएका थिए।
के हो जलाहरी काण्ड ?
२०७७ सालको माघ १२ गते सोमबारको दिन आफ्नी पत्नीसहित पशुपतिमा पुजा गर्न गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्नका लागि राज्यकोषबाट ३० करोड दिने घोषणा गरे। अचानक ‘विशेष’ पुजा गर्न त्यहाँ पुगेका ओलीको त्यो घोषणापछि पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा। प्रदीप ढकाल सुनको जलहरी राख्न निकै सक्रिय भए। कोषले त्यसका लागि करिब १ अर्बको बजेट अनुमान गर्यो। यो जलहरीका लागि सुरूमा करिब १०४ किलो सुन लाग्ने अनुमान गरिएको थियो।
महालेखा परीक्षक कार्यालयको एउटा प्रतिवेदन अनुसार पशुपति क्षेत्र विकास कोषले राष्ट्र बैंकबाट करिब १०३ किलो ७७३ ग्राम सुन किनेको थियो। त्यसको मूल्य करिब ८० करोड १ हजार कायम गरियो। तर पशुपति विकास कोषले १०८ किलो सुन खरिद गरेको देखाएको छ।
काठको काम गर्नेलाई सुन पिट्ने ठेक्का
प्रधानमन्त्री ओलीको आर्थिक सहयोग घोषणा र जलहरी राख्न निर्देशन दिएपछि पशुपति विकास कोषका तत्कालीन सदस्यसचित ढकालले पशुपतिका लागि लगाइने त्यो सुनमा ‘पैसा’मात्रै देखे। आयोमेलको एउटा अनुसन्धानमा उनले सुनसम्बन्धि कार्यअनुभव नै नभएको एउटा काठको काम गर्ने कम्पनीलाई सुन पिट्ने ठेक्का दिएको फेला परेको थियो। ढकालले खोजी(खोजी कुनै बेलाका आफ्नै मित्रको एक काष्ठकला उद्योग ‘न्यू मित्र उड कार्भिङ एण्ड फर्निचर’लाई करिब १ अर्बको सुनको पिट्ने जिम्मा दिए। स्रोतका अनुसार कुनै पनि ठेक्का प्रक्रिया वा प्रतिस्पर्धा नगरी निवर्तमान सदस्यसचिवले न्यू मित्र उड कार्भिङ एण्ड फर्निचरलाई सिधै ठेक्का दिएका थिए। यो काष्ठकला उद्योगका मालिक उपेन्द्र बराही र सदस्यसचिव ढकाल कक्षा ११(१२ सँग–सँगै पाटनमा पढेका हुन्। केही समय ढकाल पढाइका बेला बराहीसँगै बसेका पनि थिए। तर बराहीले कहिल्यै पनि सुनको काम गरेका थिएनन्। आयोमेलको एउटा जिज्ञासामा उनले भने– ‘यो मैले व्यक्तिगत रूपमा गरेको हुँ।’
महालेखा परीक्षकले सुन पिट्नका लागि पशुपति क्षेत्र विकास कोषले तिरेको ज्यलाबारेमा पनि प्रश्न उठाएको छ। प्रतिवेदनमा उसले भनेको छ(पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन ९दोस्रो संशोधन २०६२० नियमावली, २०४५ नियम ३।४।१।१ अनुसार दाताहरूबाट प्राप्त चन्दा अनुदान भेटीघाटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ क्ष् सञ्चालक परिषद्को २०७७।१०।१४ को बैठकले सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दातामार्फत् सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय भएको देखिन्छ। सुनको खरिद कार्य रू।८० करोड ११ हजारमा भएको देखिन्छ। सो जलहरी निर्माण कार्यको लागि दाताबाट व्यहोरेको रकमको हिसाब लेखाङ्कन गरेको छैन। पाटन औद्योगिक क्षेत्रको एक रोलिङ्ग मिल्समार्फत् उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेस गरेको छैन। सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखाङ्कन हुनुपर्नेमा परिषद्ले दातामार्फत् ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकोले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखाङ्कन नभएकोले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन सकेन । सो रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्दछ। नियमावलीअनुसार प्राप्त चन्दा अनुदान भेटीघाटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्दछ।’
१ सय ८ केजी सुनमा ९७ किलो मात्रै
कोषले पशुपतिमा १ सय ८ किलो सुन राख्ने निर्णय गरेर उक्त कार्य बढाएको देखिन्छ। यद्यपि अहिले भने त्यहाँ ९७ किलो सुन मात्रै राखिएको कोषकै पदाधिकारीले बताएका थियो। तर महालेखा परीक्षकको कार्यालयले २०७९ मा जारी गरेको वार्षिक ९५९औं० प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राखिएको बारेमा प्रश्न उठाएको छ। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाममा महालेखा परीक्षकले त्यसबारे प्रश्नसमेत उठाएको छ। ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन रू।८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२।७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४।७५ ग्राम सुन कायम भएको उल्लेख छ’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य रू। ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन।’ त्यो बेला जलहरी राख्दाराख्दै अदालतको आदेश आएकाले केही काम रोकिनुपरेको सदस्यसचिव ढकालले प्रतिक्रिया दिदैँ आएका थिए। २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी बनाउने निर्णय त भयो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम मात्रै भएको मुचुल्का उठाइएको छ।
यसरी गायब पारियो सुन
जलहर लगाउने काममा सहभागी भएका एकजना प्रतिनिधिका अनुसार सुनको जलहरी लगाउने काम रातभरि चलेको थियो। र त्यसमा तत्कालीन सदस्य सचिव ढकाल र अहिलेका सदस्य सचिव तथा त्यो बेलाका कोषाध्यक्ष डा। मिलनकुमार थापालगायत केही सिमित पदाधिकारी, सदस्यहरूलाई मात्रै त्यहाँ बस्न अनुमति थियो। त्यसैबेला रातारात बाँकी सुन गायब पारिएको हुनसक्ने पनि उनले बताए। कोषका एकजना कर्मचारीले जलहरी बनाउनका लागि कोषले राष्ट्र बैंकबाट करिब १ सय ३ केजी सुन खरिद गरेको थियो। कोषले २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाएको पनि उनले दाबी गरे। त्यसमा पनि कोषले ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राख्न लगाएको छ। २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी तयार पारियो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम मात्रै भएको मुचुल्का उठाइएको छ। बाँकी सुन कहाँ छ भने प्रश्नमा स्रोतले ‘त्यो कुरा प्रदीप सरलाई नै जानकारी होला’ भने जवाफ फर्काए। स्रोतका अनुसार मिसाबटकै समय बाँकी सुन तलमाथि पारिएको हो। ‘म आफैँ सहभागी थिए। मिसाबट नै अप्राकृतिक रुपमा गरिएको थियो, त्यो कुरा तपाईं सम्भवतः सिसिटिभीबाट पनि हेर्न सक्नुहुन्छ’ स्रोतले भन्यो ‘हामी त फर्म्यालिटीमात्रै पूरा गर्न त्यहाँ गएका थियौं। बाँकी त ढकाल र थापा९अहिलेका सदस्य सचिव० सरकै मान्छे थिए।’ उनका अनुसार त्यो बेला जलहरीका लागि सुन दान गर्न इच्छुकहरू पनि धेरै नै थिए। अफ्रिकाका एकजना सुनखानीका मालिकले त ५० किलो सुन एक्लैले दिनेसमेत बाचा गरेका थिए। तर पनि ढकालले लिन मानेनन्। ‘त्यो त कमिसनकै लागि नै होला नि१’ स्रोतले भन्यो ‘नत्र एकसे एक दाताहरू आइरहेका बेला राज्य कोषको यत्रो रकम सक्नुपर्ने थिएन।’ योमात्रै होइन यसअघि दाता तथा भक्तहरूले चढाएको पशुपतिको कैयौं सुन नै गायब पारिएको छ। जसको कुनै हिसाब(किताब नै छैन।
विवादका बीच राखिएको थियो सुनको जलहरी
तत्कालीन प्रधानमन्त्री ओलीको निर्देशनपछि कोषले २०७६ माघ २६ गते पहिलो पटक पशुपतिमा सुनको जलहरी राख्ने औपचारिक निर्णय गरेको देखिन्छ। उक्त समय कोषले पशुपति नाथको गर्भगृहमा पुजिने शिवलिंगमा सहित अन्य स्थानमा जलहरी राख्न करिब १ सय ४१ किलो सुन आवश्यक पर्ने अनुमान गरेको थियो। त्यसका लागि तत्कालीन कोषका कोषाध्यक्षमा तथा अहिलेका सदस्यसचिव डा। मिलनकुमार थापाको संयोजकत्वमा १० सदस्यीय जलहरी निर्माण व्यवस्था समिति गठन गरिएको थियो। यसमा मूल भट्टसहित अरू चार भट्टलाई सल्लाहकार राखिएको थियो। जलहरी निर्माणका लागि भक्तजन र दातालाई सार्वजनिक सूचनामार्फत आह्वान समेत गरिएको थियो। सुनको जलहरी राख्ने योजना पहिलादेखि नै बनेको थियो। उक्त समय सुन जनताबाट मागेर राख्ने कुरा भएपनि कहिकतैबाट सुन प्राप्त नभएको कोषले जनाएको थियो। जलहरी सुनको राख्ने कि तामाको भन्ने विषयमा पछिसम्म पनि विवाद थियो।
उक्त समय नै सुनको जलहरी राख्न करिब १ अर्ब लाग्ने कोषको अनुमान थियो तर यति ठूलो रकम कोष एक्लैले खर्च गरेपछि कर्मचारीको तलव खुवाउने समेत पैसा बाँकी नहुने देखिएपछि डा। थापाले नै त्यो बेला जलहरी राख्ने योजना रोकेका थिए। लामो विवादका कारण रोकिएको जलहरी लगाउनका लागि २०७७ माघ १२ गते पशुपति पुगेका प्रधानमन्त्री ओलीको आर्थिक सहयोग घोषणापछि फेरि अघि बढ्यो। लगत्तै तत्कालीन सदस्य सचिव ढकाल र थापा मिलेर जलहरी राख्ने कामलाई अघि बढाए।
जलहरीबारे बाहिर नबोल्न कर्मचारीलाई पदाधिकारीको निर्देशन
कोषमा भ्रष्ट्राचार अनियमितताका अनेकन विवादमा फसेका डा. प्रदीप ढकालको पदावधि सकिएसँगै गत वर्षको भदौ १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो बेलाका कोषाध्यक्ष डा। मिलनकुमार थापालाई सदस्य सचिवमा नियुक्त गरे। नियुक्तिलगत्तै थापाले कोषको बैठक डाकेर जलहरीलगायत पशुपतिका कुनै पनि विषयबारे बाहिर नबोल्न कोषका कर्मचारीहरूलाई निर्देशन दिएका थिए। ‘सदस्य सचिवज्यूले कसैलाई पनि नबोल्न भन्नुभएको छ’ एकजना कर्मचारीले भने ‘त्यस्ता विषयमा त उहाँहरू नै बोल्नुहुन्छ होला।’ उनका अनुसार पशुपतिका कुनै पनि विवादका विषयमा बाहिर बोलेको थाहा भए कारबाही हुने धम्कीसमेत डा।थापाले दिएका छन्। अहिले कोषको परिसरमा प्रवेश गर्दासमेत कर्मचारी तथा सुरक्षा गार्डहरूले निकै सोधीखोजी गर्छन्। सर्वसाधारणलाई लगभग कोषको परिसरमै जान निषेध गरिएको छ।
अख्तियारलाई छल्ने प्रयास
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको शंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गर्न सुर–सार गरेपछि कोषका पदाधिकारीबीच तरंग आएको थियो। अख्तियारले अनियमितताबारे उजुरी आएपछि सुन खरीद गरेका सबै सक्कली बिल, भर्पाइ तथा अरू कागजपत्रहरू उपलब्ध गराउन पत्र काटेको थियो। तर कोषले कागजपत्र बुझाएको छैन। अख्तियार यसबारेमा थापा र ढकालसहित केही पदाधिकारी र कर्मचारीहरूको समेत बयान लिइसकेको छ।
जलहरी राख्ने विषय अदालतसम्म
वागमती प्रदेशसभा सदस्य एवंम संस्कृतिविद् नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै ११ फाल्गुन २०७७ गते सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता गराएका थिए। वैद्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री एवं कोषका अध्यक्ष भानुभक्त ढकाल, कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष तथा जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक मिलनकुमार थापा, नेपाल राष्ट्र बैंक, गुठी संस्थान र पुरातत्त्व विभागलाई विपक्षी बनाएर रिट हालेका थिए। त्यस्तै अधिवक्ता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृतिमन्त्री ढकाल, अर्थ मन्त्रालयलगायतलाई विपक्षी बनाएकी थिएन। निवेदकले प्राचीन स्मारक संरक्षण ऐनअनुसार जलहरी राख्ने निर्णय कानुनसम्मत नभएको, आर्थिक कारणले समेत निर्णय औचित्यहीन भएको, नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले राज्यले धार्मिकस्थलमा हस्तक्षेप गरेको भन्दै अन्तरिम आदेश माग गरेकी थिइन्। २८ फाल्गुन २०७७ शिवरात्रीका दिन जलहरी उद्घाटन गर्ने दिन तय भएको थियो त्यही दिन नै सर्वोच्च अदालतले जलहरी राख्ने काम रोक्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो। यद्यपि तयारी पूरा भइसकेको भन्दै कोषले राष्ट्रपति विद्या भण्डारीबाट जलहरी उद्घाटन गरायो।
के हो जलहरी ?
नेपाली संस्कारमा सुनलाई पवित्रताको नमुना मानिन्छ। नेपाली समाजमा सुनपानीले ‘चोख्याउने’ चलन पनि छ। तर शास्त्रअनुसार भगवान शिवलाई मनपर्ने भनेको तामा नै हो। २०५५ सालअघि पशुपतिनाथमा तामाको जलहरी थियो। त्यसपछि चाँदीको जलहरी राखिएको हो। अहिले चाँदीको जलहरीको सट्टा सुनको जलहरी राख्दा भक्तजनहरू पशुपतिनाथमा सुनको जलहरी दर्शन गर्नकै लागि आउनेछन् भन्ने व्याख्या कोषले गरेको थियो। शिवलिङ्गमा रुद्राभिषेक पाठ गर्दा जलहरीमा पानी राखेर सानो मुखबाट जलअभिषेक गर्दा जलहरीको प्रयोग गर्ने गरिन्छ। पशुपतिनाथमा हरेक दिन बिहान व्राह्मणहरूले रुद्राभिषेक पाठ गर्दा जलहरीबाट शिवलिङ्गमा अभिषेक गर्ने गरिन्छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल