Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

९६ करोड कुम्ल्याएर ओली चोखा

काठमाण्डौं । सरकारलाई पाँडेगाली गरेर जबजको लुटधन्दा चर्काउन सफल यो मुलुकका विकास प्रमी नेता नेकपा एमालेका श्रद्देय अध्यक्ष केपी ओलीले ओम्नि कालमा औषधी खरिदको नाउमा रु १ अर्व २४ करोड ६८ लाखको लगानीबाट रु २८ करोड ७६ लाखको १० प्रकारका सामग्री भित्रिदा रु ९६ करोड रूपैयाँ कता गयो खोज्नै पर्ने भएको छ ।
कारोना महामारीका वेला ओम्नि कम्पनीलाई अगाड सार्दा भएको त्यो लुटले ईश्वर पोखरेल भानुभक्त ढकाल मोटाए । यीनले कुलदेवता केपीलाई नबुझाइकन रु ९६ करोड झ्वाम पारे भन्न सकिँदैन । १० प्रकारका सामग्री भिœयाएर अल्का अस्पतालको मिनिसीया सिटौला ओम्निको प्रतिनिधि वन्न कसरी आइन् ? जबकि ओम्निले भिœयाएको रु ४० करोडको किट भने देखाउनका लागि स्वीकृत गरिएन् ।
यहाँ जोडिएका युवराज शर्मा, तुलहरी सिंह, शिवप्रसाद शिवाकोटी एमालेसँग जोडिएका हुन् । अल्फाविटाका द्विराज शर्मा र सिंह शैक्षिक माफिया पनि हुन् । महानगरले अल्फाविटामा आक्रमण गर्दा शर्माले महेश बस्नेत गुहारेका कारण बल्ल खुल्दैछ जुन वेला भ्रष्टाचार विरुद्धको आन्दोलन सरकारले थाल्यो एमाले विरोध गर्दैछ । यो समयमा पनि टिम्वर कर्पोरेशन ध्वस्त वनाउने देउवा दरवारमा गणेशको मूर्ति वुझाउने रामचन्द्र भट्ट नामको तस्कर तारानाथ सापकोटाको साथमा देउवा दरवारकी महारानी डा. आरजूको सेवामा छ ।
टोपबहादुरको भान्जो दाङको सन्देश शर्मा सानु भण्डारीको सम्बन्ध बालुबाटारमा जुराउने काठ तस्कर रामचन्द्र भट्ट र तारानाथ सापकोटा हुन् । शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवा पनि यो काण्डमा जोडिएका पात्र हुन् । यीनले सहमति दिएपछि गृहको काम हुनेगथ्र्याे । केपी शर्मा ओलीले देश नियोजित ढङ्गले लुटेको कुराबाट एमाले भित्र आक्रोश छ । शरणार्थीको काण्डबाट बच्न माओवादीलाई अस्थायी शिविरको कुरा ल्याएर एमाले फुत्कदैन् । अस्थायी शिविरको भत्ता शान्ति प्रकृयाको एक अङ्ग हो । जहाँ एमाले गणनामै थिएन् । केपी ओली त त्यो बेला दरवार भक्त थिए दरवारकै सेवा गर्थे ।


सम्बन्धित समाचार