Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक हुन लागेको पूर्वसन्ध्यामा शेयर बजार दोहोरो अंकले घटेको छ । भोलि सोमबार आगामी आवको बजेट सार्वजनिक हुँदैछ ।
लगातार ७ दिन बढेको शेयर बजार आज भने ओरालो झरेको हो । १४० अंक माथि चढेको बजारमा आज भने करेक्शन देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.३८ अंकले घटेको हो । ०.८९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४१.७४ अंकमा ओर्लिएको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक नै छ । आज २६३ कम्पनीका ४१ लख ८० हजार २ सय २९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ६५ लाख ४१ ह्जार १९।४० रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार समग्रमा घटे पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने हिमालय उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ७९ लाख ९४ हजार ९ सय ३।३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल