Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेल बसेको साँवा व्याज कहिले हुन्छ चुक्ता

त्याग र निष्ठाको राजनीतिलाई कमाई गर्न जस्तो सुकै लुटमा सरिक हुने काँग्रेसकै हाराहारीमा पुगेका कम्युनिष्टहरू सामाजिक रूपमा नाँगीन थालेका छन् । कम्युनिष्टहरूले राज्य पाए आफैंलाई समाप्त पार्छन् भन्ने कुरा नेकपाको ४१ महिने शासनमा देखियो । भारतमा त्यही भयो नेपालमा उस्तै छ । कल्पनाको योजना राज्यलुट देशको राजस्व नेताका स्वार्थमा, माफियातन्त्रको हालिमुहाली नभएको ठाँउमा भएन् । जनताको सेवा गर्नु सट्टा भाषण पियाएर राजनीतिक दम्व र गुटवन्दीले ठाउँ पायो । कथित राष्ट्रवादीको नाउमा आफ्नै देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने कामको शरु पनि कम्युनिष्टबाटै भयो । समाजका अगाडि लाज नेतालाई भएन । जनतासँग जाडिएको कार्यकर्ताको शिर झुम्यो । तर गाठी चढेर कुुँदने शिशाका महलमा राज गर्नेलाई जनता र राष्ट्र सर्वोपरी हो भन्ने ज्ञान भएन । पहिले सरकारलाई कलङ्क टोपबहादुर रायमाझी र रामबहादुर थापाजस्ता सुनका मुनालाई नछुन धम्काएका एमालेका श्री ३ महाराज केपी ओली आफ्नै पिए र सल्लाहकारको नाउ आएपछि लत्रक्क परेका छन् । उनी संसदमा सरकारको नीति तथा कार्यक्रमका बारेमा घण्टौ बोल्दा निकै डुक्रिए । जब पिए राजेश बज्राचार्य, सल्लाहकार अजय क्रान्ति शाक्य र राजेश्वर स्थापितको नाउ सन्देश शर्मा र सानु भण्डारीले लिए ओलीको स्वर सुक्यो ।
योजना त प्रचण्ड सरकार ढाल्न काँग्रेसका बाख्रेकाजी गगन थापा सञ्चारकर्मीका नाउमा लुटेका रास्वपाको अध्यक्ष बनेर काँग्रेस र कम्युनिष्टको उछित्तो काडेका नक्कली नागरिकता पासपोर्ट प्रयोग गर्ने रवि ५ करोडमा मन्त्री पद ठेकेदारलाई बेचेर भ्रष्टाचार गर्नु आमाको रगत खाए सरह भन्ने राजेन्द्र लिङदेनलाई हात लिएका केपी ओली राजनीतिक अस्थिरता चम्काउने नै थियो । संस्थागत भ्रष्टाचार विरुद्ध सरकार लागेपछि आफैं त्यो काण्डको डमी बनेको आफैंले बनाएपछि सेना मेना जोडिए उनी थचक्क भएका हुन् । अराजकता र अहङ्कार नै ओलीको विद्धता हो भने एमालेसँग कसैले पनि पार्टी एकता गर्नु जरुरी छैन् । प्रतिगमनको मतियार एमालेको विगत कसले देखेको छैन् ।
आफैं शासक भएको बेला सांसद अपहरण गर्न निवर्तमान आईजीपीलाई खटाउने एमालेका अध्यक्ष केपीको शान–मान सधै एकनास हुँदैन् । जुन बेला उनको प्रतिष्ठा थियो त्यो बेला बजेटको ख्याल नगरी हावाका योजनामा रमाएको त्यो क्षण अहिले नक्कली शरणार्थीसम्म आउँदाको के हुँदैछ । रामबहादुर, टोपबहादुर नैनकला, अजय क्रान्ति, राजेश बज्राचार्यजस्ता होनहार सुनका मुनालाई नछोऊ यिनका अपराधको सजाँएको भागीदार म बन्छु भन्ने आँट किन भएन । राजनीतिमा संगठित अपरोधको संरक्षक केपी शर्माजस्ताबाट चलेको एमाले देश लुटन देशी–विदेशी प्रतिगमनकारी शक्तिको सेवक बन्ने गरेको कुरा त्यो पार्टीको हुकुमी शासनका विगतले प्रमाणीत गर्छन् । काँग्रेसको सस्थापन पक्षको लुटका विरुद्ध खनिएको डा. शेखर समूह नक्कली शरणार्थीका नाममा लुटेका बालकृष्णलाई मात्र होइन मञ्जु खाँण, डा. आरजु देउवालाई समेत नछाड्न गृहमन्त्री समक्ष पुगेका १५ दिन भएपछि एमालेको युवासँघ ज्ञापनपत्र बुझाउन जानुको कारण ओलीका विस्वासपात्रहरू जोगाउ भन्ने हो ? आँफू शासक बनेर चलाएका लुटको धन्दाबाट केपी ओली लज्जित छैनन् । उनले माओवादीलाई नाँगै बनाउन अस्थायी शिविरको भ्रष्टाचारको कुरा चर्काए । तर त्यहाँ पार्टीभन्दा अनमिनको टोली र शान्ति मन्त्रालय सरिक थिए । महालेखाले सरकारी खर्चको अडिट रिपोर्ट राष्ट्रपतिलाई समेत बुझाएको थियो । त्यो प्रतिवेदनपछि केपी ओली चार वर्ष २ महिना देशको शासक भएका थिए । आफू शासक हुँदा नबोल्ने अहिले आफ्नै दम्वले वामपन्थी नेतृत्वको सरकार गुम्दै गएपछि डुक्रिने ओलीको चरित्रले एमालेभित्रै लाजको पसारो थपेको छ । यहाँ उनका दलाल पनि चुप छन् । गरौ गल्ति भए कारबाही सहन्छु भन्न ओली सक्दैनन् किन ? मौका पाउँदा जे पनि गर्ने परिपाटीको शुरुवात काँग्रेसको एकछत्र राज चलाएका बेलाबाट शुरु भयो । एमालेले काँग्रेसवाट सिकेको हो । देश लुटाहाको रमितामा रमाइरहँदा जनताको हितमा विद्रोह गरेको माओवादीका नेता समेत शान्ति प्रक्रियामा आएपछि लुट्न मै रमाए । जव एमालेका केपी ओलीको स्वार्थमा मात्रै पार्टी एकता भयो त्यसपछि कम्युनिष्टको अशली रूप देखियो । माओवादीमा पनि दिनानाथ र जर्नादनहरू छन् । कम्युनिष्टका नाममा राज्यको श्रोत लुट्न यति, ओम्नि, बतास, हुकाम, थामसेर्कू जस्ता संस्था केपी ओलीसँग जोडिए । तीनै मध्येको थामसेर्कूले सेक्युरिटी प्रेसमा अर्वौं तलमाथि गरायो । कारिन्दा गोकुल बास्कोटा छात्ति फुकाएर हिँडेको छ । कारिन्दामाथि करोडौं भ्रष्टाचारको मुद्धा लगाईएको छ । देश बिगारेको कसले हो ? सरकारको नेता बन्दा जनतालाई खोक्रो भाषण दिएर भोकभोकै मार्ने कम्युनिष्टले समाज सेवा गर्दैन भन्ने कुरा केपी ओली र उनको मण्डलीको ४१ महिने निरंकुश शासन जिम्मेवार छ । जनताले खान पाएको छैन केपीको ध्यान भ्यूटावरमा गएको त देखियो । मुखले अव्वल राष्ट्रवादी वन्ने नेपालको चुच्चे नक्सा सहितको पाठ्यपुस्तक छपाएर वितरण गर्न नदिने कस्तो राष्ट्रवाद हो ? भारतका प्रम नरेन्द्र मोदी रिसाउलान भनेर पाठ्यपुस्तक वितरण गर्न नदिनेले ओलीले पशुपतिमा सुनको जलप लगाउँदा सुन गायव पार्नेमाथि कारवाही गरे ? भारत रिझाउने गरी त्यो बेला हिन्दूत्वको फण्डा उनले कति उचाले संसारले देख्यो । राजनीतिमा कपट जालझेल र षडयन्त्रले केही दिन आनन्दा होला तर दीर्घकालिन असर कहाँ कस्तो हुन्छ अहिले बुझेका छन् ? कस्को अर्थनीतिको असर मरेको छ देशमा ? कस्ता दण्डुकारी अर्थमन्त्री वनाईए कम्युनिष्ट शासनमा !
लुटाहा र भ्रष्टहरूले फूर्ति नलाए हुन्छ । छिमेकी देश भारत र श्रीलङ्कामा मन्त्री माथि जनताको लाठी बर्सेको ख्याल छ कि छैन् । आफ्ना अपराधको छानविन गर्ने हो भने सबै भन्दा ठूलो सजाँएको भागीदार केपी ओली हुनेछन् । किनकी उनको शासनकालमा भएको नीतिगत लुटको प्रमाण खोतल्न टाढा जानै पर्दैन । सहयात्रीहरूको तेजोवध गरेर पार्टी चल्ने भए अपराधी कुसीयतहरूले सांसदको टिकट पाउने थिएनन् । अर्कोलाई भित्तामा पु¥याउन खोज्दा नक्कली शरणार्थी प्रकरणबाट बालकोट दरबार हल्लनु पर्ने थिएन् । अहिले एमालेका २ सांसद निलम्बित छन् । त्यसैले पदीय गरिमा र मर्यादा राख्न सिक । कम्युनिष्ट हुन कठिन छ देश लुटनेहरूका दिन सधै एक तमासाले चल्दैन् । जेल बसेको सहुँ ब्याज मुलुकले सधै तिरिरहन सक्दैन । समयले हिजोको एमाले र आजको एमालेमा फरक ल्याएको छ ।


सम्बन्धित समाचार