Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो । अघिल्लो वर्षको कात्तिकमा भने बैंकहरुको आधार दर १०.२१ प्रतिशत थियो । यसरी हेर्दा कात्तिकमा असोजको तुलना र अघिल्लो वर्षको सोही अवधिको तुलनामा समेत बैंकको ब्याजदर घटेको देखिएको छ । राष्ट्र बैंकको समीक्षा अनुसार वाणिज्य बैंकहरुको आधार दर भदौमा ९.५३ प्रतिशत तथा साउनमा ९.४५ प्रतिशत थियो । यो कोणबाट हेर्दा बैंकहरुको आधार दर भदौ र असोजको तुलनामा कात्तिकमा घटेको छ भने साउनको तुलनामा भने सामान्य बढेको छ । २०७५ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २।२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरु बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को १।६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ । २०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत र कर्जाका भारित औसत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.२६ प्रतिशत रहेका थिए ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल