Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
साधारण सभाले आव २०७८÷०७९ को चुक्ता पूँजीको ८ प्रतिशत वोनस शेयर र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.१,९५,३८,६६१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको अतिरिक्त चुक्ता पूँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु. ४,६४,०४,३१,८७५ मा ८ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५ पुगेको छ ।
आव २०७८÷०७९ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले बृद्धि भई रु। १,४४०.७६ करोड पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले बृद्धि भई रु. ५,०८०.४२ करोड पुगेको छ । कूल लगानी १९.८५ प्रतिशतले बृद्धि भई रु.४,७०३.९२ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र सो आव २०७८÷०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।
सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत देखिएको जनाईन । विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आव २०७८०७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गरिन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल