Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २५.६६ अंकको सुधार, १ अर्ब ९८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उतारचढाव चलिरहेको छ । साताको पहिलो दिन आइतबार बढेको बजार हिजो सोमबार घटेको थियो भने आज पुनः बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.६६ अंकले बढेको हो । १.३५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९२७.६५ अंकमा पुगेको हो ।
आज २६९ कम्पनीका ५५ लाख ४१ हजार ८ सय ७८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७ सय १.९९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज ङादी हाइड्रोपावर लिमिटेड र सनराइज फोकस्ड इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८५ र ९.२४ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी सेञ्चुरी बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.०४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त होटलको ९ करोड ६८ लाख ७२ हजार ४ सय ३३.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ५३.०३ अंकले बढ्दा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय ९१.५७ रुपियाँ र हिजो सोमबार १७.३८ अंकले बजार घट्दा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १ सय ७.३१ रुपियाँ बराबरको कारोबार भएको थियो ।