Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओ जेठ ३२ गतेदेखि निष्काशन खुला

काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो ।
प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता रु. ४३५ का दरले ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपीओ निष्काशन गर्न लागेको जनाएको छ ।
उक्त कम्पनीको आईपीओका लागि छिटोमा असार ४ गते र ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले यसअघिनै उद्योग प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि शेयर बिक्री गरिसकेको छ ।