Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने भएको छ। दुबै संस्थाबीच भएको समझदारी अनुसार, बिद्युतीय माध्यममार्फत बिना धितो कर्जा उपलब्ध गराइने छ।
बिशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशिल उद्यमसँग जोडिएका, स्टार्टअप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोवारको आधारमा ऋण उपलब्ध गराइने बैंकले जानकारी दिएको छ।
बैंकले ५ लाख रुपैयाँसम्मको चालु पुँजी कर्जाका रुपमा ऋण उपलब्ध गराउने छ। सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्।
सम्झौताको बारेमा बोल्दै घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिईरहेकाहरुलाई ऋण उपलब्ध गराइने जनाए । उनले ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने जानकारी दिए ।
कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैंक लिएको यो प्रयास कोशेढुङ्ग सावित हुने उनले जनाए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल