Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेता नै हुन लोकतन्त्रका शत्रु

काठमाण्डौ । देशको वदनाम गर्न देशभित्रकै तत्व छन् । यहाँ राजनीति भ्रष्ट छ कर्मचारी लुटाहा छ प्रहरी देशभक्त छैन् । सेना जुन कामका लागि गठन भयो त्यसले त्यो काम भन्दा व्यापार गर्छ स्कूल कलेज चलाउन ठिक होला तर जनतालाई तड्पाएर जग्गा प्लटिङ गर्छ घडेरी बेच्छ । सेना भित्रको लुटको कसैले छानविन गर्दैन् । महालेखाले बेरुजु देखेको हिसाव–किताब स्पष्ट नभएको कुरा उठाउँछ । त्यसतर्फ राजनीति सचेत छैन् । देशका नागरिकलाई गैर नागरिक बनाएर पैसा हजम गर्ने नेता कै डाको ठूलो बोली चर्को छ । मिलेर बसेको समाजलाई धर्मको फण्डा ल्याएर डलरमा धर्म परिवर्तन गर्न नेताकै चासो बढी छ । लोकतन्त्रका १६ वर्ष देशले पाएको फल १९ अर्ब बैदेशिक ऋण विचौलिया र माफीयाको हितमा ठेक्का पट्टा खरिद गराउने काम कसको शासनमा बढी भयो ? त्यसको समिक्षा गर्ने आँट किन भएन् । आफूले देश टाट पल्टाउँदा समेत सम्वृद्धि र विकास देख्नेको जनताप्रतिको दायित्व कति छ कस्तो छ सबै छर्लङ्ग छ । आफ्नै देशका नागरिकले देशको पहिचान दर्शाउने नागरिकता नपाउँदा राजनीतिक मुद्धा बनाउने आधा जनसंख्या भएको मधेस किन सधैं हेपाईमा पर्छ ? छिमेकीको थिचोमिचोबाट बच्ने र बचाउने दायित्व आम नेपालीको मात्र हो कि सत्ताको शेयर  गरेका नालायक र असफल मात्रको पनि हो । जनताले त्यसतर्फ ख्याल गर्छ ।
देशको हितमा राजनीति गर्नेले ख्याल नगरेका बिषय कति छन् ? आफ्ना नागरिकलाई नागरिकता देउ बिदेशीलाई नदेउ । पैसामा देशका नागरिकलाई गैर नागरिक बनाउने पौरखी योद्धाहरू गृहमै रहेछन् भने गृहले वितरण गर्ने नागरिकता प्रति कडी कडाउ कि बिरोध गरेर राष्ट्रबादी बन्ने ? सत्ता गुमेको डाहा गर्नेले हुकुमी तन्त्र नचलाएको भए संसद भङ्ग नगरेको भए नेपालमा अमेरिकी शक्तिका सारथी रास्वपा र निरङ्कुश राजतन्त्रका हिमायती राप्रपा संसदमा आउन पाउँदैनथे । तीनलाई कसको बलले संसदमा ल्यायो ? गल्ती गर्नेले पछुताउनु छैन् । देशमा संवैधानि अडचन सिर्जना गर्दै आफैले गरेका अपराध दबाउन अनेक फण्डा गर्ने को हो ? भ्रष्ट नेता बलियो भएर लोकतन्त्र बलियो हुन्न । जनता बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ । गल्ती स्वीकार्नू र सच्चिनु पनि लोकतन्त्र हो मेरो गोरुको बाह्रै टक्का घमण्ड हो ।


सम्बन्धित समाचार