Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अनिवार्य अवकाशमा जान तीन दिन बाँकी रहदाँ सरकारले वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहिबार आकस्मिक बसेको मन्त्रीपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।अर्याल भोलि अर्थात शुक्रबारदेखि अनिवार्य अवकासमा जाने तयारीमा थिए । तर, असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गराएर अर्याललाई आकस्मिक रुपमा नियुक्ति दिइएको छ । वैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी लगिएको छ। हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल