Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अर्थ मन्त्रालयले ४० लाख भन्दा बढी आम्दानी गर्ने करदाताको विवरण तयार गरेको छ । ४० लाख भन्दा बढी आम्दानी गर्ने लगानीकर्तालाई आयकरको दायारमा ल्याउने तयारी गरेको हो ।
आन्तरिक राजस्व विभागले कर कार्यालयहरुलाई पत्राचार गर्दै ४० लाख भन्दा बढी नाफा कमाउने करदाताको विवरण तयार गर्न भनेको छ । यस्तो विवरणमा आयकरको स्ल्याब अनुसार कर नतिरेको भेटिएकोले करको दायरामा ल्याउन लागिएको हो ।
विवरण ट्रयाकिङ गर्न आइटीएस इन्कम ट्याक्स रिपोर्ट, प्यान ट्रान्जेक्सन भित्र प्यान इन्कम फर्म इटीडिएस एभो ४० लाख समरी रिपोर्टबाट करदाताको रिपोर्ट हेर्न सकिने व्यवस्था छ । सो प्रणालीबाट विवरण हेर्दा अधिकांश करदाताले आयकर छलि गरिएको भेटिएको विभागले जानकारी दिएको छ । यस्ता विवरण तयार गरी विभागमा पठाउन समेत भनिएको छ।
आर्थिक विदेयकको दफा २७ नम्बरमा यस्ता करदातालाई छुटको व्यावस्था समेत गरिएको छ । यसअघि शेयर लगानीकर्ताको आन्दोलन भएपछि अगुवा नेतालाई थामथुम पार्न अर्थ मन्त्रालयले एउटा सहमति गरेको थियो, तर सहमतिको कुनै अर्थ नरहेको विभागको पछिल्लो पत्रले स्पष्ट पारेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल