Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हलहरुमा आदिपुरुषको बिहानी शो रद्द

काठमाडौं । आजबाट नेपालमा भारतीय फिल्म आदिपुरुष प्रदर्शन हुने तय थियो। तर, सीताको बारेमा रहेको संवादको विवादका कारण आज बिहान तय भएको शोहरु रद्द गरिएको छ। काठमाडौंका उपत्यकाका सबै हलहरुले सुरक्षा त्रासका कारण बिहानीका शोहरु रोकिएको हो। क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सीडीसी सिनेमाज लगायतका हलहरुले शो रोकेका हुन्। उपत्यकाबाहिर भने आदिपुरुषको प्रदर्शन भइरहेको छ। बिग मुभिजका संचालक दिपेश शर्माले सुरक्षाका कारण बिहानीको शोहरु रोकिएको बताए। अहिले बिहान ९ बजे हलहरुको छाता संगठन नेपाल चलचित्र सङ्गको बैठक हुँदैछ। त्यसपछि शोको बारेमा निर्णय हुने बताइएको छ। ‘सुरक्षा त्रासका कारणले काठमाडौं उपत्यकामा बिहानी शोहरु रोकिएका छन्। काठमाडौं बाहिर भने फिल्म प्रदर्शन भइरहेको छ। चलचित्र संघले बैठकको लागि सबै हलहरुलाई बोलाएको छ। त्यसपछि केही निर्णय हुन्छ होला,’ एकजना वितरकले भने। भारतीय फिल्म ‘आदिपुरुष’ मा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको बाहिरिएपछि यो फिल्म विवादमा तानिएको हो। नेपालमा यो संवाद हटाएर सेन्सर पास भइसकेको छ। तर, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतमा पनि सीता भारतकी छोरी भनिएको शब्द नहटाएसम्म काठमाडौंमा फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्। जसकारण पनि आज काठमाडौंका हलमा फिल्म रिलिज नभएको हो।