Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकल एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
रिक्त पदपूर्ति गर्नका लागि बैंकले कुल ४६५ जना नयाँ कर्मचारी माग गरेको हो । वरिष्ठ प्रवन्धकदेखि सहायकसम्मका कर्मचारी माग गरेको बैंकले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
इच्छुक आवेदकले योग्यता पुगेको पदमा असार १० गतेदेखि अनलाइनबाट दरखास्त दिन सक्ने छन् । आवेदन भर्ने अवधि असार ३० गतेसम्म राखिएको छ । दरखास्त फारम समय अवधि भित्र भर्न छुटेकाहरुका लागि बैंकले दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ ।
बैंकले दश जोड दुई वा सो सरहको योग्यता भएकाहरुलाई पनि विभिन्न पदमा आवेदन मागेको छ । बैंकले खुल्ला पदमा कुल संख्यामा २२१ जना र अन्य समावेशीतर्फ २४४ जना कर्मचारी माग गरेको हो ।
६, ७, ८ र ९ तहमा खुल्ला समूहका लागि ७०० रुपियाँ र प्रत्येक थप समावेशी समूहमा थप २००रुपियाँ शुल्क लाग्ने छ । ४ र ५ तहमा खुल्लातर्फ ५०० रुपियाँ र समावेशीका लागि थप १०० रुपियाँ तिर्नु पर्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल