Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१० लाख कित्ता भन्दा बढी निवेदन दिएका १२ जनाको आवेदन प्रमाणित गर्न नसकिएको फेला परेको छ। प्राप्त जानकारी अनुसार उनीहरुले अधिकतम संख्याका लागि आवेदन दिए पनि बैंक खातामा रकम भने थिएन। त्यसैगरी अन्य एक दर्जनले रितपूर्वक आवेदन दिएका थिएनन्।
नेपाल धितोपत्र बोर्ड उच्च स्रोतबाट प्राप्त तथ्यांक अनुसार प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री र मनोज पाठकले १० लाख कित्ताभन्दा बढीका लागि आवेदन हालेका थिए। त्यसैगरी सृजा पोखरेल, मिथिलेशकुमार मेहता, नवीन खत्री, अनिल राणा, रन्जना ढकाल पौडेल र सुमित्रा बमले दिएको आवेदन १० लाख कित्ताभन्दा बढी रहेको रहेको स्रोतको जिकिर छ। बोर्डले आवेदन हाल्ने व्यक्तिको अनुसन्धान सुरु गरिसकेको छ।
ती १२ जनाले आआफ्ना बैंक खातामा रकमै नभई कुल एक करोड २० लाख कित्ताको आवेदन पेस गरेका थिए। यो सर्वसाधारणलाई बिक्री खुला गरिएको आइपीओको १।७४ गुणा आवेदन हो। प्राप्त तथ्यांक अनुसार आवेदकमध्ये तीन जना भक्तपुर ठेगाना भएका छन्। एक जना ललितपुर र अर्का एक जना लगानीकर्ता काठमाडौं महानगरका हुन्। तर आवेदन दिएका आधा दर्जनभन्दा बढीको ठेगाना उपत्यका बाहिरको छ।
यी बाहेक एक लाख कित्ताभन्दा बढी आवेदन दिने थप एक दर्जन छन्। स्रोतका अनुसार उनीहरुको पनि आवेदन प्रमाणित गर्न सकिएको छैन। थप १२ देखि १५ लाख कित्ता प्रमाणित गर्न सकिएको छैन। १२ लाख कित्तालाई मात्रै गणना गर्दा पनि ५२ करोड भन्दा धेरै रकम भेरिफाइ हुँदैन। जस अनुसार न्यूनतम पनि ५८।३६ प्रतिशत आवेदन नक्कली भेटिएको हो। कुल ५ अर्ब ७४ करोडको आवेदन फर्जी देखिन्छ।
सीडीएससीको तथ्यांक अनुसार कम्पनीको आइपीओमा मंगलबार साँझसम्म ९ अर्ब ८३ करोड रुपैयाँको आवेदन परेको छ। जसमध्ये ५ लाख ६२ हजारजना आवेदकले २ करोड २६ लाख कित्ताका लागि आवेदन दिएको देखिन्छ।
फर्जी आवेदनको संख्या उल्लेख्य भएको भन्दै धितोपत्र बोर्डले घोराहीको आइपीओ स्थगित गरेको छ। आइपीओ जारी गर्ने कम्पनी र अन्डरराइटिङ गरेको कम्पनीको बदमासीको आशंकामा बोर्डले आइपीओ स्थगित गरेको थियो। तर कम्पनीका संस्थापकहरुले फर्जी आइपीओका बारेमा मिहिन ढंगले अनुसन्धान गरेर दोषीलाई कारवाहीका लागि आग्रह गरेका छन्।
सेबोनले फर्जी आवेदनको सहजै अनुसन्धान गर्न सक्छ। फर्जी आवेदन हाल्नेको बैंक खातादेखि सबै अनुसन्धान गरेर छिटो टुंग्याउन हामी आग्रह गर्छौ, घोराही सिमेन्टका एक लगानीकर्ताले भने, ‘कुनै व्यक्तिले गरेको दोषको भागिदारी बोकेर बस्न हामी पनि चाहँदैनौ।’
स्रोतका अनुसार बोर्डले सीडीएसीबाट पाएको सूचनाका आधारमा ती व्यक्तिका बारेमा अनुसन्धान थालिसकेको छ। ती व्यक्ति को हुन रु किन यति आवेदन हाले रु को सँग सम्बन्ध छ रु भन्ने बारेमा अनुसन्धान सुरु भएको बोर्डका एक अधिकारीले बिजमाण्डूलाई जानकारी दिए।
कम्पनीले पहिलो चरणमा स्थानीय, वैदेशिक रोजगार, कर्मचारी र म्युचुअल फण्डलाई आइपीओ निष्कासन गरेको थियो। जसमध्ये कुनै पक्षले पनि आफ्नो हिस्साको शतप्रतिशत आइपीओ किनेको थिएन। त्यसपछि कम्पनीले बिक्री नभएको सेयर पनि थपेर सर्वसाधारणलाई बेच्ने सूचना जारी गरेको हो। सर्वसाधारणको भागमा ६९ लाख ११ हजार कित्ता पर्न गएको थियो।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल