Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंको तापक्रम १ डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । आज काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको छ । बुधबार काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो बढ्दै गएको र काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ। यसअघि मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । त्यस्तै पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४.६, पोखरा ७.४ मापन गरिएको छ । अन्य उल्लेख्य मौसम प्रणाली नरहेकाले देशभरको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १० गते
दिउँसो : देशका पूर्वी र पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा आंशिक वदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भू(भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस ११ गते

दिउँसो : देशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु(भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १२ गते 

दिउँसो : देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल