Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबि बैंकले खेती एपबाटै किसानहरुलाई बिनाधितो पाँच लाख कर्जा दिने

काठमाडौं । एनएमबि बैंक र खेती एपको सहकार्यका किसानहरुलाई सहुलियत पूर्ण कर्जा दिइने भएको छ ।
धान दिवसको अवसर पारेर बिनाधितो साना रकमको कर्जा खेती एपबाटै लिन सकिने सेवा आज एक समारोहका बीच शुरु गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र खेती एपका सीईओ तुल्सी गिरीले यसको सुरुवात गरेका हुन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खेतीका सीईओ गिरीले भने,‘किसानहरुलाई पछिल्लो समय विश्वव्यापी रुपमा बढ्दो जलवायु परिवर्तनले ठूलो प्रभाव पारेको अवस्था छ । त्यस्तै कोरोना महामारीकै कारण किसानहरुको उत्पादनदेखि नाफामा समेत कमी आएको अवस्था छ । यस्तो अवस्थामा खेती एपमार्फत हामीले किसानहरुलाई दुई लाखदेखि पाँच लाख रुपियाँसम्मको कर्जा लिन सहजिकरण गर्ने भएका हौं ।’
बैंकका सीईओ केसीले किसानहरुले बिनाधितो कर्जा पाउने र त्यस्तो कर्जा पनि पूर्ण रुपमा अनलाइनबाटै पाइने भएको यो नयाँ थालनी भएको जानकारी दिए । उनले आफूहरुले नाफामूखी मात्र नभई सेवामूखी भएर काम गर्न लागेकाले यसबाट ठूलो संख्याका किसान दाजुभाई दिदीबहीनीहरु लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । उनले किसानको पेशा व्यवसाय पहिचान गर्न, आफ्ना बैंकका नयाँ पुराना ग्राहकहरुको अवस्थाबारे जान्न तथा किसानहरुको माग अनुसार कर्जा दिने व्याज तथा अवधिमा समते मापदण्ड तयार पारिएको जनाए ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आगामी दिनमा बैंकले ल्याएको नयाँ योजनाहरुलाई साथ दिदै त्यस्ता योजनाको प्रभावकारी तथा उपलब्धिमा समेत नेपाल राष्ट्र बैंकले निगरानी राख्ने बताए । उनले गरिब तथा विपन्न किसानहरु समक्ष पनि यस्तो कर्जा पुग्नु पर्ने जनाएका हुन् ।
कृषि मन्त्रालयकी सचिव सवनम सिवाकोटीले पनि पछिल्लो समय किसानहरुले अनुदान भन्दा पनि केही सस्तो ब्याजमा बैंकको ऋण नै माग गर्न थालेको अनुभव सुनाइन् । उनले बैंकले ल्याएको योजना साह्रै राम्रो योजना रहेको जनाउँदै यसको प्रभावकारी कार्यान्वयन, नतिजामूखी कार्ययोजना तथा तथ्यांकगत रुपमा ग्राहकको सेवा र सुरक्षामा काम हुनुपर्ने सुझाव दिइन् ।


सम्बन्धित समाचार