Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसईई नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने

१७ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएसईई को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, आउने २२ गते शुक्रबार सम्म सार्वजनिक गर्न सक्छौं ।

एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय नभइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सरकारले १८ फागुन २०७८ मा संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्छ ।

सैद्धान्तिकतर्फ कुनै विषयमा ३५ भन्दा कम अङ्क ल्याएमा एनजी नन ग्रेडेड लेखिने र कक्षा ११ पढ्न नपाउने र एनजी लेखेको नतिजा भएका विद्यार्थीलाई मूल प्रमाणपत्र नपाउने व्यवस्था छ ।

बोर्डले गत वर्षको एसईईको नतिजा कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएको भन्दै ‘नन ग्रेडेड लागू नगर्ने निर्णय गरेको थियो ।

जस अनुसार शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन ग्रेडिङ विधि अनुसार भएको थियो । उक्त विधि अनुसार ई ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

परीक्षा नियन्त्रक कक्षा १० विष्णुनारायण श्रेष्ठले नतिजा सार्वजनिक हुनु अघि बोर्ड निर्णय गरे अनुसार नतिजा सार्वजनिक गरिने बताए । उनले भने, त्यो बोर्डले गर्ने निर्णय हो । बोर्डले कुन ग्रेडिङ सिस्टमबाट नतिजा सार्वजनिक गर्ने निर्णय गर्छ त्यही अनुसार हुन्छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 


सम्बन्धित समाचार