Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकार संयुक्त त्यसमा पनि शुद्धताका प्रतिक र एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालको त्यो दश सीटे पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्रीको कथित सारथी छन् । तर माधव भ्रष्टाचारी माथी खनिएका छैनन् । त्यसको कारण नेपाललाई धम्क्याउने ठेकेदार प्रेम आले तस्कर किसान कुमार श्रेष्ठ हुन् । यीनैले हो त्यो पार्टीवाट विद्रोह गर्ने धम्की दिएका । पार्टी विभाजन गराउने गराउने यी दूई पात्रले आँफू मन्त्री भएका वेला जे जसरी योजना बनाए सफल भएनन् । त्यो मध्येका एक डन प्रदिप अधिकारीको अपराधले सरकार हल्लेको छ । अधिकारी पहिले पनि त्यो पदमा योग्य होइनन् । तत्कालिन ठेकेदार प्रेम आलेले ६ करोड माधाव नेपाललाई ९ करोड शेरवहादुर देउवा ५ करोड प्रचण्डलाई विरोध नगर्न रु ३ करोड सचिव महेश्वर न्यौपानेलाई २ करोड यताउति मिलाउन रु ३ करोड गरी २५ करोडको लगानीमा नागरिक उड्यायन प्राधिकरणको महानिर्देशक बनाईएका हुन् । यो मामीलामा ठेकेदार प्रेम आले सहभागी थिए ।
नागरिक उड्ययन प्राधिकरणले आफ्नो आफ्नो कतै कुनै हैसीयत हेर्दैन् । आफ्नो कार्यक्षेत्र बुझ्दैन् । यो बेला सरकारका पर्यटन मन्त्री सुदन किराँतीलाई टेर्दैन् । किराँती पनि प्रचण्डकै धर्मपूत्र झैं फूर्ति लगाउँछन् । उनले आफ्नै पक्षको समाचारलाई ध्यान नदिइ काँग्रेस एमाले पोसेकै छन् । वायुसेवा निगमको लुटमा किराँती देखाउन चर्का छन् । नेकपा एसका सर्पदंश नायक झलनाथ खनालका आफन्त युवराज अधिकारीको लुटमा किराँती दर्शक भएकै छन् । प्रधानमन्त्रीको पदमाथी केपी ओलीले प्रहार गर्दा लागेको खर्च जुटाएका प्रदिप अधिकारी र युवराज अधिकारी दूवै कार्यालयका महिला कर्मचारीका पिडक हुन् । मुलुक हिजो काँग्रेसका पालामा मन्जु र डा आरजुले हाँके । अहिले माधवको खान्की प्रेम आले र प्रदिप अधिकारीले पैसाको वलमा त्यो सरकारलाई ढाल्न एमालेसँग गठवन्धन मिलाएकै छन् । माधव कुमार भनेका ग्वाला नै हुन यीनलाई वोक्नु र लाश बोक्नु उस्तै हो ।
भ्रष्टाचारको विरुद्ध लाग्दा सरकारलाई कसरी कहाँ असुरक्षित बनाइन्छ त्यो यसैवेला खुल्दैछ । सरकारको निकाय नागरिक उड्यायनले देशको हितमा कति काम गर्यो त्यसको लेखाजोखा पर्यटनमन्त्रीले गरे हुन्छ । तर माधवलाई रु ९ करोड बुझाएको दावी गर्ने अधिकारी र तत्कालिन मन्त्री प्रम आलेले पशुपतिको जमीन हजम गर्न चलाएको रोईलो अव छताछुल्ल हुदैछ । विमान दूर्घटना र उड्यायन प्राधिकरणको योजनाको वीचमा तारतम्य छैन त्यही कारण हुन सक्छ । आज उडानको क्षेत्रमा नेपाल विवादमा छ । म मन्त्री भन्दा ठूलो हुँ भन्ने महानिर्देशक प्रदिप अधिकारी अहिले उन्मुक्त छन् । माधव नेपाल र प्रेम आलेको योजना भनेको एमालेसँग मिल्ने प्रचण्ड सरकार ढाल्न कहाँ कस्तो मिलाप हुन्छ त्यो मिलाउने हो । होइन भने प्रेम आले मात्ने किन ? जसले पोखरा विमान स्थल र लुम्वीनी एयरपोर्टको लुटमा देखाएको आतंकको छानविन भएन् । प्रमनाथ ठाकुर र नेपालगँज एयरपोर्टमा पठाएर ३५ करोडको ठेक्का चुलुम्व भयो । तीनै ठाकूर एयरपोर्टमा आए कवोल गरे अन्र्तराष्ट्रिय विमान कम्पनीसँग उठाए भनियो उनी कारवाहीमा परे । नेपालगँज एयरपोर्टको लुटको कतै छानविन भएन् । नेकपा एसका लगानी कर्ता प्रेम आले किसान श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयमा ५ करोडमा लेनदेन गर्न खोजेकै हुन् । सरकार भ्रष्टाचार विरुद्धमा लागेका वेला सहकर्मी दलका एमालेसँग शतिजान तयार प्रेम आले र किसान श्रेष्ठले एयर पोर्टमा त मिलाएर लुटिरहेका छन भने नागरिक उड्यायन प्राधिकरणमा भएका विकृति छानविन गर्नका लागि तत्पर हुने अवस्था छैन् । वरु सरकार ढाल्ने त्यसपछि स्वार्थका मन्त्रालय लिने दाउ यीनको छ । त्यही कारण मन्त्री भन्दा ठूला प्रधानमन्त्री हल्लाउने क्षमता गुण्डागर्दीवाट नागरिक उड्यायन चलाएका केपी ओलीका हितैसी प्रदिपको अहँकारसँग प्रेम आले मिलेका हुन् । प्रधानमन्त्रीलाई पहिले देखी बुझाएको दावी गिर्ने महानिर्देशक अधिकारीका पछाडि माधव नेपाल छन् । नेपाल आफै पनि बालुवाटार काण्डका हिस्सेदार हुन् । संगठन छैन १० जना संसदको फूर्ति गर्दा तस्कर किसान श्रेष्ठ र ठेकेदार प्रेम आलेवाट माधव घेरिएका छन् । सरकारले गरेको भ्रष्टाचार काण्ड छानविनमा माधव नेपाल झलनाथ खनाल नवोल्नुको कारण यीनैको लुटको संरक्षक वन्नु हो । देश वनाउनु पर्छ । तर माधव झलनाथ जस्ता घृणाका पात्र बोकेर सम्भव छैन् । एमालेसँग एकता मिलाउने साइत खोजेका शर्पदंशका नायक झलनाथ र महाकालीको विजुली स्याट लाइटवाट चीनमा वेच्ने माधव नेपालको विज्ञता प्रेम आले भन्दा काँतर वन्दैछ ।
प्रधानमन्त्रीको सचिवालय पनि दूर्गन्धित छ । यो कुरा छोरी गंगा दाहल काफी छन् । भ्रष्टाचारी डन प्रदिपले गंगासँग भेटेपछि पर्यटन मन्त्री किराँतीले सोधेको स्पष्टीकरण अलपत्र भयो । नौ तहको मान्छेसँग रु ६ करोड घुस खाएका ठेकेदार प्रेम आलेको चमत्कारले मारवाडीले रु ४५ सय भाडा तिरेर धर्मशाला १५ लाखमा भाडा लगाएको पनि पत्तो पाएनन् । पशुपतिको जमीन कव्जा गर्ने ठेकेदार आलेको दाउमा मन्त्री किराँतीले प्रहार गर्दा सरकारकै आयु अस्थिर भएको छ । केपी ओली शेरवहादुर देउवा त नायक कै हुन अव माधव नेपाल थपिएका छन् । जुन पार्टीले ५ करोडको डिजी खोज्दा सडक विभाग भर आतंक छ । घानमा मन्त्री पर्ने नाम डिजी देखी सचिव सम्मको जोडिदा मुलुक भ्रष्टाचार विरुद्ध लाग्दा सरकार ढाल्न केपी मात्र होइनन माधव नेपाल शेरवहादुर देउवासम्म जोडिन्छन् भन्ने छर्लङ्ग छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल