Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दश कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले दुई वाणिज्य बैंकसहित १० कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।
यसरी शेयर कारोबार रोक्का गरिएका कम्पनीहरुमा लक्ष्मी बैंक, सनराइज बैंक, नेशनल माइक्रोफाइनान्स, समीट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, प्रभु लाइफ, विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।
लक्ष्मी र सनराइज बैंक मर्ज भई असार २९ गतेबाट, नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त असार ३० गतेबाट, राष्ट्र उत्थान र आशा लघुवित्त असार ३१ गतेबाट, प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स असार २९ गतेबाट तथा विजय र नयाँ सारथी लघुवित्त मर्ज भई असार ३१ गतेबाट एकीकृत कारोबार हुने भएपछि शेयर कारोबार रोक्का गरिएको नेप्सेले उल्लेख गरेको छ ।


सम्बन्धित समाचार