Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि

काठमाडौं । आजदेखि दुई बैंक बैंक मर्जर भएर एकिकृत कारोबार गर्ने भएका छन् ।
लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजेदेखि एकीकृत कारोबार गर्न थालेका हुन् । दुवै बैंक मर्ज भएर लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्नेछन् ।
दुवै बैंकलाई मर्ज भएर एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते स्वीकृति दिएका छन् ।
दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ । सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ भएको छ ।
बैंकको जगेडा कोष १२ अर्ब ८२ करोडको हुनेछ । त्यस्तै निक्षेप २ खर्ब ८१ अर्ब र कर्जा प्रवाह २ खर्ब ५० अर्ब नाघ्नेछ । त्यस्तै बैंकमा कर्मचारीको संख्या २ हजार १७० पुग्नेछ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय काठमाडौंको हात्तीसारमा रहनेछ ।


सम्बन्धित समाचार