Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी स्थिर

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले घट्दै आइतबारका लागि कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जानकारी दिएको छ।
शुक्रबार सुन तोलामा एक सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो।
चाँदीको मूल्य आइतबार स्थिर छ। शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ। आइतबार सुन प्रतिऔंस १९५५.७३ डलर कायम छ।चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भएको छ।


सम्बन्धित समाचार

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल