Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिटिजन्स बैंक र विभिन्न संघसंस्थावीच संझौता

धनुषा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका ग्राहकले जनकपुरधाम, धनुषामा अवस्थित होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, होटल वेलकम, होटल सीताशरण, सीताशरण होटल एन्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एन्ड क्याफे, होटल पर्फेक्ट प्लाजा, निरोग्य क्लिनिक एन्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एन्ड थाइरोइड केयरका सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैकले जानकारी दिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले १८८ शाखा, १४६ एटीएम ३ विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


सम्बन्धित समाचार