Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो ८५ अर्ब

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ८५ अर्ब निक्षेप घटेको छ भने कर्जा लगानी पनि सात अर्ब घटेको छ ।
स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकैदिन वाणिज्य बैंकहरुबाट यति धेरै रकम बाहिरिएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउन २ गते मंगलबार बैंक तथा वित्तीय संस्थाहरुमा उक्त निक्षेप घटेको हो । उक्त घटेको रकमसहित बैंकिङ प्रणालीमा ५६ खर्ब ५८ अर्ब निक्षेप छ । अघिल्लो दिन साउन १ गते ५७ खर्ब ४३ अर्ब थियो ।
त्यस्तै मंगलबार कर्जा लगानी ४८ खर्ब ६७ अर्ब छ भने अघिल्लो दिनभन्दा ४८ खर्ब ७४ अर्ब थियो ।
मंगलबार बैंकहरुको सीडी रेसियो बढेर ८२.९९ प्रतिशत छ । अघिल्लो दिन ८१.९१ प्रतिशत थियो । त्यस्तै अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत छ, अघिल्लो दिन ०.५३ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार कूल निक्षेप मध्ये वाणिज्य बैंकहरुमा ४९ खर्ब ८१ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ६ खर्ब ७७ अर्ब छ ।
त्यस्तै वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब ६ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५ खर्ब ६१ अर्ब रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।


सम्बन्धित समाचार