Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमा क्षेत्रमा गोली हानेर महिलाको हत्या

जनकपुरधाम । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली प्रहार गरी एक महिलाको हत्या गरिएको छ । शनिवार राति करिब ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार भएको थियो । गोली लागेर घटनास्थलमै मृत्यु भएको महिलाको पहिचान खुल्न सकेको छैन ।धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले घटनास्थल भारतीय भूमि परेकाले मृतक महिलाको शव भारतीय प्रहरीले नै लगेको जानकारी दिए । एसपी खड्काले भने, मृतक महिलाले लगाएको घडीमा भारतीय समय देखियो । नेपालमा ८ बजेको बेला ती महिलाको घडीमा पौने ८ मात्र बजेको थियो । त्यसैले उनी भारतीय नै रहेको अनुमान छ । गोली हानेर हत्या गरेका समूह पनि भारत तीरै भागेको एसपी खड्काले बताएका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल