Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीले आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँका दरले सेयर निष्कासन गरेको हो ।आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार ४०० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
आवेदनकर्ताले सी,आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने छ ।


सम्बन्धित समाचार