Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रिलायबल नेपालको आईपीओ साउन २३ देखि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि २६ गतेसम्म प्रिमियम मूल्यमा आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी ४ अर्ब रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपियाँको आईपीओ निष्काशनका लागि सेबोनबाट स्वीकृति पाएको थियो । स्वीकृति पाए अनुसार कम्पनीले प्रतिकित्ता १५७ रुपियाँ प्रिमियम थप गरेर २५७ रुपियाँमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
उक्त आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको छ । ६ लाख कित्ता कर्मचारी र ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९६ लाख कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको ९६ लाख कित्ता आईपीओ ९ लाख ६० हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् ।


सम्बन्धित समाचार