Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सुन तस्करी सबैको सत्ताकालको व्यवसाय हो । ठूलो परिणाम र सानो भन्ने मात्रै हो । जसले नाफाको खेती गर्छ गल्दैन र पग्लेर जाँदैन् । सुन तस्करी रोक्ने राजस्वमा कडी कडाउ गरिन्छ । नेपालका लागि सुनको आवश्कता कति हो ? बजार कहाँ हो मुख्य व्यापारी कुन हुन ? यस्ता विषयले सधै चर्चा पाउँछ । सुन तस्करी गर्ने र बैद्य कारोबार गर्नेहरू पनि सधै पर्दापछि हुन्छन् । भरिया पक्राउ पर्ने मुल लगानी कर्ता पक्राउ नहुने बेजोडको किस्सा सुनमा छ ।
आँफू ९ किलो पचाउने नीतिगत लुट पार्टीको नाममा गर्ने तर सधै चोखो हुने प्रबृत्ति पनि छ । कम्युनिष्टको नाममा देश लुटेकाहरूले वर्तमान सरकारबाट सुन तस्करी मात्र होइन विवादीत र चर्चित काण्डका बारेमा आँफू उम्कने दाउ राख्छन् । सरकारका राम्रा कामको विरोध गर्छन् । एमाले नाउको एउटा जमात छ त्यसले सत्ता पाउँदा चलाउन सक्दैन, संसदमा ठूलो दल बन्दा संसद भंग गर्छ, संविधानको ख्याल गर्दैन् । पार्टीको नीति एउटा हुन्छ उसका व्यवहार अर्को हुन्छन् ।
यस पटक राजस्व अनुसन्धान विभागले चमत्कार ग¥यो । अर्थ अन्तर्गतको भन्सार विभागबाट छुटेको सुन प्रहरीको सहयोगमा पक्राउ ग¥यो त्यो पनि १ सय केजी भन्दा वढी । त्यही विभागले सुनको चुरोट पक्राउ ग¥यो त्यसको तौल ९ किलो रहेछ । यी दूवै काण्डमा लगानी कर्ता र आयत कर्ता मात्र नभएर खरिदकर्ता को थिए भन्ने पत्ता नलाग्नु आफैमा रहस्य मय छ । भारतीय व्यापारी वा नेपालकै कालो नियत भएका व्यापारी दोलखाका २१ वर्षे दिलिप भुजेल जस्ता साझा मजदूर प्रयोग गर्छन् । भारतीयले लगानी गर्ने भुजेलहरू व्यापारी बन्ने काम शुद्ध तस्करीसँग जोडिएका घटना ठूला छन् । प्रहरी र प्रशासनका पहुँचमा यी छन् । दिपक मलहोत्रा, छवि भूषाल र न्यौपानेहरूको स्व. खुमबहादुर खड्का, रविन्द्रनाथ शर्मा गृह र अर्थ मन्त्री छँदा चमत्कार थियो । कम्युनिष्टको नाममा बामदेव गौतम पनि यहाँ जोडिएका हुन् । ३८ कुइण्टल सुन तस्करीका सूत्रधार चुडामणी (गोरे) सनम शाक्य हत्या प्रकरणमा जोडिएकै कारण पक्राउ परे । यो काण्डमा प्रहरीका तत्कालिन एसएसपी, एसपी, डिएसपीसम्म जोडिए । तर तीनले सफाई पाएका थिए । राजनीतिक तहमा बामदेव गौतम नै जोडिएका हुन् । माओवादी नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनको नाम पनि यस पटक जोडिएको छ । त्यसो त पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि यो काण्डमा नजोडिएका होइनन् ।
एमाले अध्यक्ष केपी ओली पनि यहाँ जोडिन्छन् । डाको ठूलो एकल निर्णयमा आँफू जोगिने अरुलाई चुइक बोल्न नदिने बोल्यो कि पोल्यो गरेका कारण दाश प्रवृत्तिका ईश्वर पोख्रेल, विष्णु पौडेल, सुभाष नेम्वाङहरूले सहेका हुन् । उनीहरू क्षमताले र कार्यकर्ताले पत्याएर भन्दा पनि केपीको कृपामा उपाध्यक्ष तहमा पुगेको सबैलाई थाहा छ । एमाले शासन कालमा सुनको हल्ला भएन् । राजस्व अनुसन्धानलाई अगाडि सारेर योजनाबद्ध ढंगले ओलीको समयमा राजश्व छल्नेहरूसँग पैसा संकलन गरियो । केपी ओली र नेकपा एमालेको पौरखी काम त्यही थियो । आज प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागले देखिने काम गर्दा एमालेलाई नै चोट परेको छ । त्यसैले उसलाई ठूलो निहुँ चाहिदैन् । संसद अवरोध गरी प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्न एमाले सफल छ । उसले गरेका नाङ्गै भ्रष्टाचारका काण्ड छानविन हुँदा झन् उदाङ्गो हुने डर पनि छ । एमाले आँफू शुद्ध अरु सबै अशुद्ध हुन भन्ठान्छ । त्यो उसको कमजोरी हो ।
रु ३४ अर्वको वाईडवडी, गिरिवन्धु टिस्टेट, ६४ करोडको ओम्नी, पशुपति धर्माशाला, नेपाल ट्रष्टको जमीन भाडा, वायुसेवा निगममा यति एयर भिœयाउने योजना, जलारी काण्ड, आयल निगमको जग्गा खरिद काण्ड, सेकुरिटी प्रेस खरिद जस्ता एक दर्जन काण्ड त एमालेसँग जोडिएका छन् । यी काण्डको बारेमा संचार क्षेत्र स्पष्ट छ राजनीतिले अनदेखा गर्न सक्ला । तर अख्तियारमा सधै प्रेम राई हुँदैनन् । दिप बस्न्यात आफैले दवाएको फाईल खोतल्न काम अख्तियारबाट भयो । भोलि अहिले अख्तियारमै भएका आयुक्त पर्न सक्छन् । निर्वाचन आयुक्त सुधिर शाहा अहिले पक्राउ परेकै छन् । भारतीय नागरिक थप्तेन छिरिङ चीनीया नागरिक लिनचुवाङ सुन व्यापारी राकेश अकुडिया, सन्जय ववैया जस्ताको पक्राउमा फेरी अर्को लगानी कर्ता खोज्नु भनेको यीनलाई उम्काएर दोलखाको मजदूर दिलिप भूजेल फसाउनु हो । सरकारले गरेका काम कानून सम्वत छन् । त्यो वेलामा संसंदले सरकारलाई सघाउने हो । संसद अवरोध गरेर समस्याको निकास आउँदैन् । एमालेलाई आफैले गरेका पूराना अपराधमा डर लाग्न सक्छ । गल्ती गरेको छ देशको खर्वौ डूवाएको छ । कम्युनिष्टको नाममा शासन गर्दा देशको ऋण ७ खर्ववाट १७ खर्व पुगेकै हो ।
यो कुनै पूर्वाग्रही घोषणा होइन् । सरकार चलाइयो ढंग पुगेन भने भयो त । कम्युनिष्टहरू गल्ती गर्छन छिटो स्वीर्काछन सच्याउछन् । तर केपी ओलीले आफ्नो गल्ती स्वीकारेको इतिहास छैन् । पार्टीलाई सामुहिकतामा चलाएको रेकर्ड पनि छैन् । एमाले भएर पार्टीको एजेण्डा मुखी भएर बोल्ने आँट कसैले गरेन् । बोल्यो कि पोल्यो भएपछि सबै डा. भिम रावल हुन सक्दैनन् । दलाली गर्ने त दयाल बहादुरहरू छँदैछन् । पार्टीका वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल विरुद्ध शाहीले गरेका टिका टिप्पणी ओलीलाई प्रभू महाराज भन्ने नै थिए । सच्चा देशभक्त कम्युनिष्टले दलाली गरेर पदको लागि दयाको भिख माग्दैन् । संसद रोकेर समस्याको समाधान हुदैन पाँडे गालीले संगठन बन्दैन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल