Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजारमा देखिएको झिनो सुधार एक दिन पनि टिक्न सकेन । लगातार पाँच दिन घटेर हिजो झिनो सुधार देखिए पनि आज फेरि बजार दोहोरो अंकले घटेको हो । कारोबार रकम पनि घट्दै गएर २ अर्ब भन्दा तल सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.५९ अंकले घटेको हो । १.३५ प्रतिशतले बजार घट्दा नेप्से २१ सय अंकबाट तल झरेर २०७७.५८ अंकमा आइपुगेको छ ।
आज २ सय ६२ कम्पनीका ६० लाख १५ हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८ सय ९९.९० रुपियाँ बराबरको कारोबार भएको हो ।
सुपर मादी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.६० प्रतिशतले नाफा कमाउँदा किसान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.५४ प्रतिशतले घाटा व्यहोरेका छन् । आज २३ कम्पनीबाहेक अरुको शेयर घटेको हो ।
अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ७४ लाख ३ हजार ८ सय ८५.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार २६.१४ अंकले घट्दा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५ सय २७.८७ रुपियाँ र हिजो सोमबार बजार ५.८४ अंकले बढ्दा १ अर्ब ८५ करोड ८० लाख २ हजार १ सय ७५.७३ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल