Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नीतिहिन देशका गतिहिन नेता

देशले होइन अन्तर्राष्ट्रिय दबावले नेताको भ्रष्टाचारमोह भंग भएको कुरा एमालेका नेता भ्रष्टाचार विरोधी अभियन्ता एवं प्रो पब्लिकका कारिन्दा केदार खड्काले बताएका छन् । खड्का एमाले उपाध्यक्ष सुभाष नेम्वाङका हितैसी हुन् । नेम्वाङ सभामुख थिए अख्तियारले पैसा लगानी ग¥यो । केदार खड्का र इन्सेकको सिफारिशमा एमाले पत्रकार एवं इन्सेकको सिफारिशमा एमाले पत्रकार एवं जोदा रिपोर्टरलाई तलब दिएर आफ्नो आइएनजीओमा राखे । त्यहाँ झापाका भट्टराई थरका कारिन्दा पनि जोडिए । उग्र स्वाभावका ती भट्टराईले केदारबीच कुरा मिलेन । अहिले ती खड्कालाई अख्तियारले लगानी गर्दैन । नेकपा इन्सेक मरेतुल्य छ । कुन्दन अर्याल इन्सेकको रिपोर्टले डाक्टर भए । मामा सुशील इन्सकेको पेन्सन खाएर हराए । उनका रिसर्चर गाइड चिरञ्जीवी खनाल नै होलान् ।
अब एमालेको भ्रष्टाचार, सदाचार, समृद्धि देख्ने गणेश बस्नेतहरूको कम्पनीमा पनि इन्सेकले लगानी गर्न सक्दैन । अग्नि खरेलको एड्भोकेसी फोरम माओवादीको नाममा कमाई गर्दा गर्दै हैरान छ । जबकि केपी र ईश्वरको पौरख यहाँ छताछुल्ल भएको छ । केपी ओलीको नजरमा पौरखी युवा जवानहरू टोपबहादुर रायमाझी र बालकृष्ण खाँण भ्रष्ट थिएनन् । ईश्वर पोखरेल र गोकुल बास्कोटा भानुभक्त ढकालको छानविन गर्न हुँदैन । ललिता निवास प्रकरण त एमाले र नेकाँको श्रोत हो । यसमा ग्रे एरियाको कुरा केदारको कल्पना हो । जसले काम गर्दा पैसा नदिएपछि कृष्ण भट्टराई अविरलले समाचार पत्रिकामा पठाए, उनी आफैंले पठाएको समाचार कम्प्युटरबाट हटाउन बिर्सदा जागिर गयो । शाही कालका एमाले हुण्डीवालले खड्कालाई कुरा लगाए । त्यस लगत्तै अविरल बंगुर पाल्नतिर लागे । पुस्तक प्रकाशक र बिक्रेता पनि भए । तर उनी झापाली एमालेको सम्पर्कमा थिए ।

अन्तर्राष्ट्रिय स्तरमा बदनाम भएको काण्डलाई छोपछाप गर्नु पर्ने बाध्यता सबै भन्दा बढी एमालेका केपी ओलीलाई थियो । किनकि उनको शासनमा जस्तो गिरीबन्धु टि स्टेट, नक्कली भुटानी शरणार्थी, ओम्नी, एति, थामसेर्कु, पशुपतिको जलहारी, हुकाम, वाइडवडी प्रकरण अरुको समयमा भएन । प्रधानमन्त्री पुष्पमल दाहाल र उपप्रम नारायणकाजी श्रेष्ठ कम्बल ओडेर घिउ खाने हुन् भन्ने पनि छन् । देशको विकास गर्न ऋण ल्यायौं भनेर गर्व गर्ने देउवा काँग्रेसलाई डा. आरजु, मञ्जु र ज्योत्सनाको रक्षा भए पुगेकै छ । उपप्रम पूर्णबहादुर खड्काकी जेठी पत्नी सुर्खेततिर छिन् । उनी अमिता कपालीकी बहिनीलाई सुसारे राखेर पशुपति क्षेत्रतिर जोगी भेषमा देखिने गरेको बताउने काँग्रेसी छन् । जसले यो लेखकमाथि २०५४ सालमा गृह तथा सञ्चारमन्त्री बन्दा प्रहार गरेका थिए । मौका आउँछ हिजोका आतंककारीसँग खड्का मन्त्रीपरिषद्मा छन् । काँग्रेसी नैतिकवानले त्यो बुझ्नु पर्छ । अरुलाई थाङ्नामा सुताएर आफू हिरो बन्ने काँग्रेसका गगन थापा र विश्वको उग्रतामा पूर्ण खड्का निपुर्ण छन् । यिनले गृहमन्त्री बन्दा के गरे रक्षामन्त्री बन्दा के नाप्छन् । यिनै हुन् कुनै बेला सुर्खेतमा एमाले उम्मेदवारको हत्याका कारक गौतम थरका उम्मेदवारको हत्यापछि श्रीमतीलाई एमालेले उम्मेदवार बनायो । श्रीमतीले चुनाव जितेर संसदमा पुगेपछि खड्कालाई गाला पड्काउँदा उनी मौन भए । जहाँ पैसाले काम ग¥यो, केपीले पैसा खाए । पूर्णबहादुर चोखा भए ।

मा…मु… मा काँग्रेका यी
भ्रष्टाचारमा सबै दलका नेता सहभागी छन् । काँग्रेस बढी, एमाले कम छैन । माओवादी पंगु दल हो । नापतौलमा प्रचण्ड र नारायणकाजी कम छन् । यिनका पछि लागेर लुट्नेले कतै बाँकी राखेका छैनन् । तिनै नेताका प्यारा छन् । काँग्रेसमा बालकृष्ण खाँणको सारथी बन्न डा. आरजु, मञ्जु, ज्योत्सना अधिकारी छँदै थिए । त्यहाँ देउवाको नाममा दाश भएका सिन्धुपाल्चोकका लुटेरा मोहन बस्नेत छँदै थिए तर शंकर भण्डारी, ध्रुव वाग्ले किन लागे शंका छ । महेन्द्र यादव, जीतजंग बस्नेत शति जान तयार भए । जो हिजोका माफिया धुन्दुकारी र अपराधी नै हुन् । संगठित अपराधमा यी छन् । कानुन ज्यूदो थियो भने यिनले संसदमा उम्मेदवार बन्ने अवसर पाउने थिएनन् । काँग्रेसका रामेश्वर अधिकारी सांसद भए । उनले अख्तियारको अधिकार खोसेर बीपीको समाजवाद घोषणा गरे । त्यहाँ रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, हाल थुनिएका बालकृष्ण खाँण, आमाचकारी मा..मु.. भन्थे । यिनको फूर्ति चमत्कार थियो ।
केपी ओली र शेरबहादुरलाई तेल लगाएर फाइदा लिने कथित मानवअधिकारवादी काँग्रेसी कृष्ण पहाडी, चरण प्रसाई, एमालेका सुशील प्याकुरेल, डा. कुन्दन अर्याल जस्ताबाट देशमा मानव अपराध गर्ने एमाले, काँग्रेसको बढी सेवा हुन्छ । त्यही कारण एडभोकेसी फोरममा अग्नि खरेल आए काँग्रेसको कार्यकर्ता बनेर तारानाथ दाहाल सञ्चारमा उदाए । दाहाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएर फ्रिडम फोरम खडा गर्न सघाउने डा. चिरञ्जीवी खनाल टियुको पत्रकारिता विभागका प्रमुख छन् । फुर्ति जसले जति लगाए पनि धरातल देखिन्छ ।