Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सार्वजनिक जमिन हड्प्दै जर्नेल

काठमाण्डौ । नेपाली सेनाका तिनतारे जर्नेल सिताराम खड्का आफ्नै टोलभित्रको चन्द्रागिरी ९ को मच्छेगाउँमा आलोचित छन् । आफै अर्वपति जर्नेलले आफूसँग रहेको ६ रोपनी ३ आना जमिनसँगै जग्गा व्यवसायी राजेन्द्र शाक्यसँग मिलेर ७ रोपनी ९ आना सार्वजनिक जमीन हड्प्ने प्रयास गर्दा विवादमा परेका हुन् । उनले व्यवसायी शाक्यसँग मिलेर उक्त जमीन आफ्नो कित्ता नं. २५ मा पारेका छन् । त्यहाँ २ रोपनी सार्वजनिक १ रोपनी व्यक्तिको नामको जमीन जर्नेलको जमीनमा मिसाउन पूरानो पर्खाल भत्काएर डोजरले सम्याउन लाग्दा स्थानीयले विरोध गरेका हुन् । खडका पत्नी उमा भने जसले विरोध गरेको छ उसको जग्गाको लालपूर्जा नभएको बताउँछिन् ।
शाक्य र जर्नेलले कज्जा गरेको ४६ नम्वर कित्ता सार्वजनिक हो भने ४९४ नम्वरको कित्ता विष्णु मायाँ श्रेष्ठको हो । जर्नेलले मिचेको व्यक्तिको जग्गा भनेकै तीनै श्रेष्ठको हो । जर्नेलले त्यो ठाउँमा ०४३ सालमै ६ रोपनी ६ आना जमिन किनेका हुन् । श्रीमति उमा खडकाको नाममा त्यो जमिन रहेको छ । सेनाको धाक लगाएर सार्वजनिक र व्यक्तिको जमिन कव्जा गर्ने जर्नेल विरुद्ध चन्द्रागिरी ९ को वडा कार्यालयमा उजूरी परेको छ ।