Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडांै । सत्तारूढ नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा महिलाको संख्या ३५ प्रतिशत पुर्याएको छ। माओवादी केन्द्रले शु्क्रबार २२ जना महिला थप गरेर केन्द्रीय समितिमा महिलाको प्रतिशत ३५ पुर्याएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। योसँगै माओवादी केन्द्रीय समिति सदस्यको संख्या ४०७ पुगेको छ। यसअघि माओवादी केन्द्रीय समिति ३८५ सदस्यीय थियो। नयाँ थपिएका २२ जना महिला सदस्य पनि शुक्रबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। बिगत चार दिनदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राजधानी काठमाडौंमा चलिरहेको छ। माओवादी केन्द्रले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गीता शाही, छमकुमारी खनाल, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने र पार्वती थापालाई केन्द्रीय समितिमा बढुवा गरेको छ। त्यसैगरी भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरू चौधरी पनि केन्द्रीय सदस्यमा बढुवा भएका छन्। २०७८ पुसमा सम्पन्न माओवादी केन्द्रको नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्याउने निर्णय गरेको थियो।
सोहीअनुसार अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गरेको सांगठनिक प्रतिवेदनमा २२ जना महिला थप्ने प्रस्ताव गरेका थिए। प्रचण्डको प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल