Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आइतबार बिहानीदेखि देशव्यापी रुपमा वर्षा भइरहेको छ । बागमतीसहित देशका ठूलठूला नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज बिहान सूचना जारी गरी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन सुझाव दिएको हो। सूचनाअनुसार आज बागमती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्नसक्ने सम्भावना छ। तसर्थ नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ। यसैगरी आज इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा रहेका नदी तथा खोलामा बाढी आई जोखिम निम्तिने सम्भावना छ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल