Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
प्रतिशेयर रु. १०० अंकित मूल्यमा १६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. ११६ मा आईपीओ निष्काशन खुला गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयर ७१ हजार २ सय २२ जनाले १०–१० कित्ता पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल